अवैध लागूऔषधसहित पक्राउ
२०८०-०२-०९
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-३२ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन १० ग्राम ५ सय मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ७० हजार रुपैयाँसहित पाँचथर फिदिम नगरपालिका-१० ठेगाना भएका ३९ वर्षीय दिनेश लोवालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधार लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनको साथबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ५ सय मिलिग्राम र सोही ठाउँस्थित डेरा कोठाबाट थप ९ ग्राम खैरो हेरोईन, डिजिटल तराजु १ थान र नगद ७० हजार रुपैयाँ बरामद गरेको हो ।
ललितपुर, महालक्ष्मी नगरपालिका-८ लुभुबाट अवैध लागूऔषध खैरो हेरोईन २ ग्रामसहित पाँचथर फिदिम नगरपालिका-१ ठेगाना भएका २९ वर्षीय निश्चत श्रेष्ठलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-९ खैरीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन करिब २ सय मिलिग्रामसहित गौरीगंगा नगरपालिका-६ बस्ने १६ वर्षीय किशोरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
महोत्तरी, एकडारा गाउँपालिका-३ अजमरपट्टीबाट अवैध लागूऔषध गाँजा करिब १ सय केजीसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर भिमफेदी गाउँपालिका-१ बस्ने २९ वर्षीय रुपेश गोले र सोही ठाउँ बस्ने २६ वर्षीय अनिल पाख्रिन रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले प्रदेश ३-००१ क ०२६९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी ट्रकका चालक रुपेश र सहचालक अनिललाई पक्राउ गरेको हो ।
बारा, सिम्रौनगढ नगरपालिका-७ कवलपुर बोर्डर एरियाबाट अवैध लागूऔषध गाँजा करिब ३५ केजी सोमबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी अमृतगंज खजानी र बिओपी गोलागंजबाट खटिएको संयुक्त टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिहरूले उक्त गाँजा फाली फरार भएपश्चात प्रहरीले बरामद गरेको हो । हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।