प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ

२०८०-०२-१५

  • A
  • A-
  • A+
Share

काठमाडौं, चन्द्रागिरी नगरपालिका-१० लिक मार्गस्थित जस्ताको टहरोमा जुवातास खेलिरहेको अवस्थामा बाग्लुङ निशिखोला गाउँपालिका-१ घर भएका ५२ वर्षीय सुर्ज बहादुर भण्डारी समेत ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ८० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

झापा, दमक नगरपालिका-१ हल्दार चोक नजिक लिम्बु होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय भिम योगी समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट फागुनन्दबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ८ सय ७० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

पाँचथर, फिदिम नगरपालिका-१ बुद्धमार्गस्थित याङनाम होटलमा जुवातास खेलिरहेको अवस्थामा फिदिम नगरपालिका-१ बस्ने ३६ वर्षीय गजेन्द्र थामसुहाङ समेत ९ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार २० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०८२-०३-०१

भक्तपुर, सुर्यविनायक नगरपालिका-१ सिरूटार बस्ने ६२ वर्षीय राम प्रसाद राउतको घरमा जुवातास खेलिरहेको अवस्थामा राम प्रसाद समेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार ७ सय ८० रूपैयाँ र तास ६ बुक सहित पक्राउ गरेको हो ।  काभ्रे, पनौती नगरपालिका-५ ढलमले डेरा गरी बस्ने ४७ वर्षीय संजिब कुमार श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा संजिब कुमार समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय ३० रूपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।