प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

२०८०-०२-३१

  • A
  • A-
  • A+
Share

भक्तपुर, सूर्यबिनायक नगरपालिका-१ सिरुटार बिरुवा बसपार्कस्थित पार्किङमा राखेको बा.प्र-०१-००६ ख १५१८ नम्बरको बसमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-३ बस्ने २३ वर्षीय जिवन अर्यालसहित ९ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग सिरुटारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार ५ सय ४५ रूपैयाँ र २ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

लमजुङ, दोर्दी गाउँपालिका-४ नौथर सेरास्थित ए वन होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय कुमार राना समेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङ र प्रहरी चौकी श्रीभञ्ज्याङबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ७६ हजार ६ सय ३५ रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको  हो ।

तेह्रथुम, आठराई गाउँपालिका-१ फाल्गुनन्द चोकस्थित पाथिभारा भ्यू होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-६ चुहानडाँडा बस्ने ३५ वर्षीय लोक नारामान कन्दङ्वासहित ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार २ सय १ रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ
२०८२-०८-१४

काठमाडौं, ललितपुर, गोदावरी नगरपालिका-४ बडिखेलस्थित तपेश्वर होटलमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं नेपालटार बस्ने नुवाकोट घर भएकी ४७ वर्षीया शारदा बस्नेत समेत १४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४ हजार ७ सय २५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको   हो । चितवन, कालिका नगरपालिका-६ बस्ने ६० वर्षीय ठाकुर प्रसाद भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्ट समेत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जिरौनाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार २ सय १० रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
२०८२-०८-१३

काठमाडौं, नागार्जुन नगरपालिका-१ रानिवन बुद्धचोक डेरा गरी बस्ने धादिङ रूवी भ्याली गाउँपालिका-६ घर भएकी  ४३ वर्षीया धनमाया गुरूङको कोठामा जुवातास खेलिरहेको अवस्थामा धनमाया समेत ९ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ५ सय रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।  मुस्ताङ, घरपझोङ गाउँपालिका-४ जोमसोम बस्ने गणेश शेरचनले संचालन गरेको जोमसोम इन क्याफे एण्ड रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा गणेश समेत १२ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २१ हजार रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।