जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८०-०३-२५
- A
- A-
- A+
कैलाली, गोदावरी नगरपालिका-२ महेन्द्रनगर रोड बस्ने ३९ वर्षीय प्रेम बोहराको सिगाँस होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रेम बोहरा समेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ६ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।