जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
२०८०-०४-०१
- A
- A-
- A+
काठमाडौं, काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँबस्ती डेरा गरी बस्ने चितवन भरतपुर महाननगरपालिका-११ भोजाङ घर भएका ५० वर्षीय जगत बहादुर गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरुङ समेत ५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
गुरुङको कोठामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ३ सय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।