प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तास खेलिरहेको अवस्थामा पक्राउ

२०७८-०७-२८

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-७ गंगाहिटी चाबहिलस्थित टहरोमा पाँचथर घर भएका ३७ वर्षीय सुजन लिम्बुले संचालन गरेको खुकुरी सेकुवा कर्नर, रेष्टुरेन्ट तथा खाजा घरमा तास खेलिरहेको अवस्थामा सुजन लगायत ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

उक्त खाजा घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १८ हजार २ सय २० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
२०८२-०४-१७

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने श्याम कृष्ण श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ घर भएका ४५ वर्षीय इन्द्र श्रेष्ठ समेत ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ७ सय ६० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ स्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१५ बस्ने ४४ वर्षीय धिरेन्द्र सिंह कठायत क्षेत्री समेत ६ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ९ सय ३५ रूपैयाँ र २ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
२०८२-०४-११

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१ सिमलीगाउँ बस्ने रामेछाप मन्थली नगरपालिका-६ घर भएका ३९ वर्षीय श्याम तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार ३ सय ३० रूपैयाँ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-६ लेकसाइडस्थित होटल लेक टप एण्ड रेष्टुरेण्टमा जुवातास खेलिरहेका अवस्थामा रेष्टुरेण्टका संचालक पोखरा महानगरपालिका-२४ घर भएका ४७ वर्षीय चिन्तामणि अधिकारी समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६१ हजार ४ सय नेपाली रूपैयाँ,  ५ हजार ५ सय भारतीय रूपैयाँ र २० बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।