प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

२०८०-०४-२८

  • A
  • A-
  • A+
Share

काठमाडौं, अवैध लागूऔषध खैरो हेरोइन ३७ ग्राम ५ सय मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ५ हजार ५ सय रूपैयाँसहित ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईलाम, ईलाम नगरपालिका-९ ठेगाना भएका २५ वर्षीय बिकास बसेल, सोही ठाउँ ठेगाना भएका ३१ वर्षीय ज्ञान बहादुर राई र झापा बिर्तामोड नगरपालिका-१० ठेगाना भएका ३१ वर्षीय कुमार लिम्बु रहेका छन् । उनीहरुमध्ये बसेल र लिम्बुलाई काठमाडौं तिलगंगास्थित बिशाल होटल हण्ड लजको १०२ नम्बर कोठाबाट र राईलाई सिनामंगलस्थित मिठो नेपाल खाना घरबाट लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १७ केजी ५ सय ग्रामसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत वैशानी विहार किरापुर राजा राम बस्ने २५ वर्षीय रितेश कुमार र २३ वर्षीय नितेश कुमार रहेका छन्  । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले चितवनबाट वीरगंजतर्फ जाँदै गरेको बीआर ०१ बीए २०६९ नम्बरको भारतीय कारलाई जाँच गर्ने क्रममा कारको डिक्कीमा लुकाई छिपाई राखेको अवस्थामा गाँजा फेला पारी कारमा सवार उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरु उपर लागूऔषध मुद्दामा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८१-१०-०८

उदयपुर, चौदण्डीगढी नगरपालिका-३ बदेलपानी बस्ने २८ वर्षीया सम्झना राईलाई अवैध लागूऔषध गाँजा करिब ५ किलो ९ सय ९० ग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । झापा, झापा गाउँपालिका-१ लसुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्राम सहित पाँचथर फिदिम नगरपालिका-४ बस्ने १९ वर्षीया रिदिमा बर्देवा समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, झापा गाउँपालिका-५ पन्थपडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम १५ मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-५ बस्ने ३० वर्षीय प्रबिण गिरी र कन्काई नगरपालिका-८ बस्ने २५ वर्षीय सुमन राजबंशीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-०१६ प ९००९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८१-१०-०७

कैलाली, धनगढी उपमहानगरपालिका-२ भन्सार ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ३ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ उत्तरवेहडी बस्ने २४ वर्षीय अनिल लामा तामाङ र सोही उपमहानगरपालिका-१३ झलारी बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र ०२००३ प ६११५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१२ जुगेडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ शिवनगर बस्ने २२ वर्षीया अस्मीता चौधरी र सोही उपमहानगरपालिका-९ बस्ने २२  वर्षीया रमिता चौधरीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्राम सहित डडेल्धुरा अमरगढी नगरपालिका-५ घर भएका २४ वर्षीय मीन बहादुर बिष्टलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१६ हुलासस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय १० मिलिग्राम सहित सुनसरी दुहवी नगरपालिका-४ पिपल चोक बस्ने २५ वर्षीय मोहित यादवलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५ ट्याब्लेट र स्पास्पेन ४ ट्याब्लेट सहित खजुरा गाउँपालिका-४ बस्ने ३० वर्षीय इकरार सारूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-४ स्थित बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम र चरेश जस्तो देखिने पदार्थ ३ ग्राम १ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने २८ वर्षीय सागर जोशी र सोही नगरपालिका-६ बस्ने २७ वर्षीय निरज बहादुर चन्द रहेका छन् । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८१-१०-०६

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ दिपज्योती डाँडाबाट अवैध लागूऔषध गाँजा ११ किलोग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा सखुवा प्रसौनी गाउँपालिका-१ दोहोरी बस्ने ४२ वर्षीय सुरेश दास थारू र पर्सागढी नगरपालिका-२ बागबना बस्ने २९ वर्षीय अर्जुन महतो थारू रहेका छन् । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले नारायणगढबाट रौतहट तर्फ जाँदै गरेको लु.१ ख ७३९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार सुरेशलाई ५ किलो ५ सय ६० ग्राम र अर्जुनलाई ५ किलो ४ सय ४० ग्राम गाँजा सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-१ अस्पताल रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने डडेल्धुरा अजयमेरू गाउँपालिका-५ घर भएका २० वर्षीय निरन्जन पन्तलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।