प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पोलिक्लिनिकमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

२०८०-०५-१३

  • A
  • A-
  • A+
Share

कञ्चनपुर, पुनर्वास नगरपालिका-३ स्थित बीएन पोलीक्लिनिकमा जुवातास खेलिरहेको अवस्थामा पोलिक्लिनिकका संचालक बर्दिया, बारबर्दिया नगरपालिका-२ घर भएका ३२ वर्षीय सागर केसी समेत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ८ सय ३५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार