अवैध लागूऔषध चरेशसहित पक्राउ
२०८०-०६-०१
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कस्थित उमेश माछा पसलका संचालक धनुषा कमला नगरपालिका-८ बस्ने २६ वर्षीय उमेश शाहलाई अवैध लागूऔषध चरेस करिब २ सय १३ ग्रामसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त माछा पसलमा लागूऔषध बिक्री बितरण भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलई उक्त चरेससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।