प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

२०८०-०६-१२

  • A
  • A-
  • A+
Share

बर्दिया, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बढैयाताल गाउँपालिका-९ श्रीलंका टोल बस्ने   गेरूवा गाउँपालिका-५ गोला घर भएका ५२ वर्षीय कृष्ण कुमार दमाईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दमाईले ती बालिकालाई विभिन्न समयमा पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी सितलाबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

मोरङ, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा विराटनगर महानगरपालिका-३ जहदा बस्ने २० वर्षीय दिपेन्द्र कुमार मण्डल समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । मण्डल लगायत ६ जनाले ती किशोरीलाई जहदा जयरामपुर धान खेतमा बोलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । घटनामा संलग्न हाल फरार अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । 

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०३-१२

कैलाली, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलारी गाउँपालिका-८ लोहरपुर बस्ने २३ वर्षीय लक्ष्मण बहादुर साउदलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लक्ष्मण बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  सुर्खेत, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बीरेन्द्रनगर नगरपालिका-५ श्रीनगरटोल बस्ने १९ वर्षीय अरूण परियारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अरूणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी उनलाई पक्राउ गरेको हो ।  बारा, ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा फेटा गाउँपालिका-३ बस्ने २२ वर्षीय कृष्णा साह तुरहालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । कृष्ण साहले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०३-१०

पर्वत, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिहादी गाउँपालिका-६ शालिग्राम बस्ने २२ वर्षीय वसन्त विकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । वसन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हुवासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  गुल्मी, २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ईश्मा गाउँपालिका-३ बस्ने ३६ वर्षीय गोर बहादुर सुनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गोर बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।