प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-०६-२६

  • A
  • A-
  • A+
Share

बर्दिया, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ठाकुरबाबा नगरपालिका-१ भुरिगाउँ बस्ने १७ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । किशोरले ती किशोरीलाई सोही नगरपालिका-३ गोदानास्थित घरमा लागि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भुरीगाउँबाट खटिएको प्रहरीले ती किशोरलाई पक्राउ गरेको हो । साथै पीडितलाई ललाई फकाई गर्ने ठाकुरबाबा नगरपालिका-१ भुरिगाउँ बस्ने २९ वर्षीय अतल बहादुर थारूलाई समेत प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।  

मुस्ताङ, ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लोमान्थाङ गाउँपालिका-३ बस्ने २६ वर्षीय जप्याङ गुरूङलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । गुरूङले ती बालिकालाई थासाङ गाउँपालिका-२ स्थित विद्यालयको कक्षाकोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय लोमान्थाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-०४-०४

  दाङ, ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-७ राजापुर बस्ने सल्यान त्रिबेणी गाउँपालिका-४ फालाबाङ घर भएका ३६ वर्षीय जगत रावतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रावतले ती महिलालाई बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  डडेल्धुरा, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्शुराम नगरपालिका-१ स्यालकोट बस्ने ३३ वर्षीय भिम बहादुर कठायतलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । कठायतले ती बालिकालाई आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको   हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।