अवैध लागूऔषधसहित पक्राउ
२०८०-०७-०१
- A
- A-
- A+
दार्चुला, मालिकार्जुन गाउँपालिका-८ शंकरपुर पस्ती थक्तोलीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ केजी ६ सय मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बझाङ बुंगल नगरपालिका-७ अठपाली बस्ने ३६ वर्षीय उज्जल बहादुर बोहरा र २८ वर्षीय राम बहादुर बोहरा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुला र प्रहरी चौकी शंकरपुर पस्तीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।