प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट १९ जना पक्राउ

२०८०-०७-१०

  • A
  • A-
  • A+
Share

ललितपुर, गोदावरी नगरपालिका-५ लेले बस्ने नविन सिलवालको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय सुरेन्द्र महत समेत १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७ लाख ९९ हजार रुपैयाँ, १६ थान कौडा, ९ बुक तास र १० थान मोबाइलसहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-७ देवीबन टोल बस्ने गोकुल नाथ पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-८ बस्ने ४० वर्षीय अजय खड्का समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको   छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ६५ हजार ३ सय ९० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । 

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार