अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०८०-०७-१७
- A
- A-
- A+
जुम्ला, चन्दननाथ नगरपालिका-७ महतगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम र नियन्त्रित लागूऔषध नाईट्राजेपाम ३० ट्याब्लेटसहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चन्दननाथ नगरपालिका-७ बस्ने २० वर्षीय लक्ष्मण बम, १८ वर्षीय किशोर र सोही नगरपालिका-१० बस्ने ४० वर्षीय प्रकाश न्यौपाने रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।