प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

२०८०-०७-१९

  • A
  • A-
  • A+
Share

 काठमाडौं, गोकर्णेश्वतर नगरपालिका-६ नयाँबस्ती बिपुलचोक डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका-३ घर भएकी डोमा शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पा लगायत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद  ५४ हजार ७ सय ५० रुपैयाँ र १ एक बुक ताससहित पक्राउ गरेको हो । 

भक्तपुर, भक्तपुर नगरपालिका-३ वंशगोपालस्थित काभ्रे तिमाल गाउँपालिका-९ घर भएका २४ वर्षीय बुद्ध लामाको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ६ सय ५५ रुपैया र २ बुक ताससहित पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-४ मानवअधिकार चोकस्थित सोही महानगरपालिका-१५ रामजवार बस्ने स्याङ्जा वालिङ नगरपालिका-३ घर भएका ३२ वर्षीय यम बहादुर गुरुङले संचालन गरेको प्रिन्सीका किराना पसलमा जुवातास खेलिरहेको अवस्थमा यम बहादुरसमेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले नगद ४६ हजार ९ सय ७५ रुपैया र  १ सय ६० पत्ती ताससहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०८२-०३-०१

भक्तपुर, सुर्यविनायक नगरपालिका-१ सिरूटार बस्ने ६२ वर्षीय राम प्रसाद राउतको घरमा जुवातास खेलिरहेको अवस्थामा राम प्रसाद समेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार ७ सय ८० रूपैयाँ र तास ६ बुक सहित पक्राउ गरेको हो ।  काभ्रे, पनौती नगरपालिका-५ ढलमले डेरा गरी बस्ने ४७ वर्षीय संजिब कुमार श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा संजिब कुमार समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय ३० रूपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।