प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

२०८०-०७-२४

  • A
  • A-
  • A+
Share

डोटी, आदर्श गाउँपालिका-२ कुचेडा बजार बस्ने ५४ वर्षीय पदम बहादुर बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-१ बस्ने ४८ वर्षीय नाउटे खड्का सहित १२ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय आदर्शबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८४ हजार ६ सय ८० रूपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार