प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित पक्राउ

२०८०-०७-२८

  • A
  • A-
  • A+
Share

कैलाली, गोदावरी नगरपालिका-८ श्रीपुर बस्ने २० वर्षीय अनित चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देकीने पदार्थ १ सय ५० मिलिग्रामसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट  श्रीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरी, बराहक्षेत्र नगरपालिका-६ चक्रघट्टीबाट नियन्त्रित लागूऔषध ट्रमाडोल ६४ क्याप्सुल र स्पास्पेन ६१ ट्याब्लेटसहित सोही ठाउँ बस्ने १९ वर्षीय आशिष राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८१-०८-१३

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ मुलपानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दैलेख गुरास गाउँपालिका-७ बस्ने २२ वर्षीय बखत बहादुर विक र चामुण्डा बिन्द्रासैनी नगरपालिका-९ बस्ने ३६ वर्षीय लोकेन्द्र थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   मोरङ, जहदा गाउँपालिका-१ बस्ने ५० वर्षीया मिरादेवी बैठालाई अवैध लागूऔषध गाँजा १५ किलोग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।  काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुर भिमदत्त नगरपालिका-१२ बस्ने २६ वर्षीया रूकमणी सुनाहा, देवकोट नगरपालिका-२ बस्ने २० वर्षीया रेखा पाल र काभ्रे रोशी गाउँपालिका-१ बस्ने २२ वर्षीय धर्मलाल लामा रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले महेन्द्रनगरबाट काठमाडौंतर्फ आउँदै गरेको सुदूरपश्‍चिम प्रदेश ०२-००१ ख १३५६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ८० मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-८ बस्ने २१ वर्षीय संजय राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीलेल भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । महोत्तरी, बर्दिबास नगरपालिका-३ काटा गौरीडाँडास्थित सडकबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ८० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली मरिण गाउँपालिका-६ छाप बजार बस्ने ३३ वर्षीय सबिन कुमार लाखे र सिन्धुली साङ्वाले नगरपालिका-४ बस्ने २४ वर्षीय संजिव पुरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.प्र.०१-००२ झ ६६९० नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा एम्बुलेन्सको साईरनमा जडान गरिएको माईक्रोफोन भित्र लुकाईछिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी चालक सबिन कुमार र एम्बुलेन्समा सवार संजिवलाई पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-३ रामपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित जानकी गाउँपालिका-७ बस्ने १९ वर्षीय शंकर चौधरीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।झापा, दमक नगरपालिका-८ सहिदमार्ग बिरानटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम,  डिजिटल तराजु १ थान र मोबाइल २ थान सहित इलाम चुलाचुली गाउँपालिका-३ बस्ने २८ वर्षीय उपेन्द्र बान्तवालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।धादिङ, गजुरी गाउँपालिका-१ गजुरी बजारबाट अवैध लागूऔषध गाँजा करिब ११ किलोग्राम सहित गल्छी गाउँपालिका-७ बस्ने ३८ वर्षीय रमेश तामाङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भैरवाहवातर्फ जाँदै गरेको लु.२ ख ६९९७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

करिब ३ सय ३० किलोग्राम गाँजा सहित तीन जना पक्राउ
२०८१-०८-१२

मकवानपुर, भिमफेदी गाउँपालिका-२ भैंसे चेकप्वाईन्टबाट अवैध लागूऔषध गाँजा १ सय ६० किलोग्राम सहित गोरखा घर भएका २८ वर्षीय अमिर मियालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौडातर्फ जाँदै गरेको प्र.३-०१-०२३ च ८०४७ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी बोलेरो चालक अमिरलाई पक्राउ गरेको हो ।  बारा, कोल्हवी नगरपालिका-५ सोनाभार टोलबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७० किलोग्राम सहित सोही ठाउँ बस्ने ५२ वर्षीया मनमती देवी र ५० वर्षीय रमोद चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोल्हवी र सशस्‍त्र बेश कोल्हवीबाट खटिएको संयुक्त टोलीले मनमतीको घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८१-०८-१२

बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ३० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-२ शक्तिनगर बस्ने २९ वर्षीय कर्म जित शाहीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम सहित सोही महानगरपालिका-१५ बस्ने २१ वर्षीय सेफ्ला अन्सारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्क गिरीबन्दु टोल बस्ने ४८ वर्षीय रविन तामाङलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको मे.११ प ३९९४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पाँचथर, फिदिम नगरपालिका-१ बुद्धमार्गबाट अवैध लागूऔषध गाँजा करिब १ सय ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १६ क्याप्सुल सहित तुम्वेवा गाउँपालिका-३ बस्ने १९ वर्षीय विवश सम्वाहाम्फे समेत २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८१-०८-११

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ तिनताप्केस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ७१ किलोग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-९ खैराङ बस्ने २० वर्षीय मिलन घलान र २६  वर्षीय दावा थिङ रहेका छन् । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश ३-०१-०२४ च ३०५९ नम्बरको बोलेरोलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक मिलन र बोलेरोमा सवार दावालाई पक्राउ गरेको हो । झापा, कमल गाउँपालिका-७ ठुलोबाह्रघरे बस्ने ३८ वर्षीय संदेश बस्नेतलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ९ सय ३० क्याप्सुल, स्पासेन ५ हजार २६ क्याप्सुल र डेकोलिक ४ सय २० क्याप्सुल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बाह्रघरे र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यसैगरी झापा, गौरीगंज गाउँपालिका-१ भन्सार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित ३ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय उत्तम राजवंशी, १९ वर्षीय गोबिन्द राजवंशी र १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी कुन्जिबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानगरपालिका-१० जुगेडा कटानबाट अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम ४ सय ६० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय कमल सिंह बन्जारा थारू र लम्किचुहा नगरपालिका-५ बस्ने ३५ वर्षीय काशिराम खड्का रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८१-०८-१०

कैलाली, गोदावरी नगरपालिका-४ खैराना सामुदायिक वनस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही नगरपालिका-७ बस्ने २३ वर्षीय जगत कठायतलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहस्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ४३ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१९ बस्ने २२ वर्षीय धिरज पुन मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतको रूपैडिहाबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मकवानपुर, मनहरी गाउँपालिका-९ भलादमी चोकस्थित सडकबाट अवैध लागूऔषध गाँजा १० किलो २ सय ५० ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका-८ बस्ने २८ वर्षीय राम कुमार परियार र सोही गाउँपालिका-९ बस्ने ३६ वर्षीय रामकुमार स्याङबो रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको ना.१ ह ५०३३ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक परियार र अटोमा सवार स्याङबोलाई पक्राउ गरेको हो ।   उदयपुर, त्रियुगा नगरपालिका-७ नर्कटे चोकस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ७ सय ८० ग्राम सहित उदयपुरगढी गाउँपालिका-७ बस्ने ५१ वर्षीय सुवेदी काइला भन्ने युवराज खत्रीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  अस्थायी प्रहरी पोष्ट हाडेवासबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  सिराहा, भगवानपुर गाउँपालिका-४ ठाडी बसपार्कस्थित सडकबाट अवैध लागूऔषध गाँजा ६ किलोग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय अनोज पासवानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडी ईनरूवाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध सहित ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख१८५७ नम्बरको बसमा सवार व्यास नगरपालिका-१० बस्ने २० वर्षीय सुरेश परियार र सोही नगरपालिका-११ बस्ने २० वर्षीय विशाल तामाङलाई ट्रमानिल ३ सय ४० ट्याब्लेट तथा ग.१ ख ८५४९ नम्बरको बसमा सवार नवलपरासी बर्दघाट नगरपालिका-४ बस्ने २८ वर्षीय कुल बहादुर थापा मगरलाई नाइट्राभेट ३० ट्याब्लेट र स्पास्मो प्रोक्सिभोन ५५ क्याप्सुल सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ
२०८१-०८-०९

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम सहित इलाम चुलाचुली गाउँपालिका-४ बस्ने २१ वर्षीय अबिरल हिङमाङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ४७९७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ सुनाखरी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय युवराज थापा मगर समेत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।