प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-०८-०६

  • A
  • A-
  • A+
Share

 झापा, ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-३ बस्ने इलाम रोङ गाउँपालिका-६ स्थाई वतन भएका २० वर्षीय दिपेश प्रधानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रधानले ती बालिकालाई सोमबार राति सोही नगरपालिका-३ किरात मार्ग टोलस्थित सुपाडी बगानभित्र झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

दाङ, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१५ बस्ने ३१ वर्षीय सुवास पुलामीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पुलामीले ती महिलालाई विवाह गर्छु भनी ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

बाँके, २० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खजुरा गाउँपालिका-१ जलपोखरी बस्ने २० वर्षीय युवराज राना, २० वर्षीय समिर थापा र २२ वर्षीय प्रबिण थापा रहेका छन् । युवराज, समिर, प्रबिण र जानकी गाउँपालिका-२ चौधरीपुर बस्ने २० वर्षीय सन्देश थापा क्षेत्रीले ती महिलालाई सोही गाउँपालिका-१ जलपोखरीस्थित अरहरी बारीमा लगि कात्तिक ३० गते पालै पालो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूमध्ये तीन जनालाई पक्राउ गरेको हो । हाल फरार सन्देश थापा क्षेत्रीको प्रहरीले खोजी गरिरहेको छ । 

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०३-१३

सुर्खेत, २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके नेपालगंज उपमहानगरपालिका-२ पुष्पलाल बस्ने  दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ घर भएका ३३ वर्षीय वीरेन्द्र शाहीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको             छ । वीरेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यसैगरी सुर्खेत, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भारत बिहार लोकेन्द्रपुर घर भएका २२ वर्षीय मन्टु कुमारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । मन्टु कुमारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।