प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुटको बोराभित्र महिला र पुरूषको शव फेला

२०८०-०८-०६

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१२ मिलनचोक नजिक रहेको कलभर्ट मुनि दुई वटा जुटको बोराभित्र महिला र पुरूषको शव बुधबार फेला परेको छ । अन्दाजी ४० वर्ष उमेरका जस्तो देखिने दुवै जनाको हाल नाम, थर, वतन खुल्न सकेको छैन ।

बोराभित्र मृत मानिस रहेको जस्तो देखिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय चितवन समेतबाट खटिएको प्रहरीले बोरा खोली हेर्दा हात खुट्टा डोरीले बाँधेको अवस्थामा शव फेला परेको हो ।

उनीहरूको पहिचान तथा घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार