अवैध लागूऔषधसहित पक्राउ
२०८०-०८-११
- A
- A-
- A+
झापा, दमक नगरपालिका-९ स्थित सडकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित कमल गाउँपालिका-१ बस्ने २० वर्षीय अनिस धिमाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँके, खजुरा गाउँपालिका-४ हरी चोकबाट अवैध लागूऔषध ब्राउन सुगर ३ ग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय प्रमोद बानिया र अछाम मंगलसेन नगरपालिका-७ बस्ने २० वर्षीय पारस भण्डारी रहेका छन् । ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।