प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

रिसोर्टमा जुवातास खेल्दै गरेका रिसोर्ट संचालक समेत १६ जना पक्राउ

२०८०-०८-१२

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महागनरपालिका-२१ निर्मलपोखरी मैदानस्थित ईलाईट रिसोर्टमा जुवातास (कौडा) खेलिरहेको अवस्थामा रिसोर्टका संचालकसहित १६ जना गएराति पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले रिसोर्टका संचालक पोखरा महानगरपालिका-३३ घर भएका ३८ वर्षीय सन्तोष गुरूङ समेत १६ जनालाई पक्राउ गरेको हो । उनीहरूको साथबाट नगद ५ लाख ५ हजार ६५ रूपैयाँ र १६ थान कौडा बरामद भएको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार