जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८०-०८-१२
- A
- A-
- A+
झापा, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कचनकवल गाउँपालिका-३ बस्ने २० वर्षीय मिलन माझीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई माझीले आफ्नै कोठामा गत बिहीबारदेखि पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।