अवैध लागूऔषधसहित पक्राउ
२०८०-०८-१४
- A
- A-
- A+
मकावनपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ५० पिस, नुर्फिन १ सय ५० पिस र फेनारगन १ सय ५० पिससहित भारत बिहार राज्य पुर्वी चम्पाराम मोतिहारी बस्ने २१ वर्षीय अमित कुमारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बा.प्र.०३-००१ ज ७९१ नम्बरको माईक्रो जाँच गर्ने क्रममा माईक्रोमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
संखुवासभा, धर्मदेवी नगरपालिका-५ याख्खाचोक बस्ने ५० वर्षीय गोपाल भन्ने मिन बहादुर दर्जीलाई अवैध लागूऔषध गाँजा ३ सय १६ ग्राम र गाँजा खान प्रयोग गरिने चिलिम १ थानसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । दर्जीको घरमा गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी याख्खाचोकबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-११ बसपार्कबाट नियन्त्रित लागूऔषधस एभिल ५ एम्पुल, डाईजेपाम ३ एम्पुल, नाईट्राभेट ट्याब्लेट १५ एम्पुल, नाम नखुलेको ७ एम्पुल र खाली सिरिन्ज २ थानसहित सुनसरी ईटहरी उपमहानगरपालिका-८ बस्ने २३ वर्षीया स्वस्तिका चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।