अवैध लागूऔषधसहित पक्राउ
२०८०-०८-१७
- A
- A-
- A+
मोरङ, विराटनगर महानगरपालिका-१५ बैंक चोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १२ ग्राम ४० मिलिग्राम सहित सोही महानगरपालिका-१६ यादव टोल बस्ने १८/१८ वर्षीय २ जना किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-११ होल्डिङ सेन्टर नजिकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ८३ मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेतकोट नगरपालिका-६ बस्ने २४ वर्षीय प्रदिप मार्कण्ड र २४ वर्षीय निश्चल केसी रहेका छन् । ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सोही नगरपालिका-१० सिसैया बस्ने २३ वर्षीय आकाश ठगुन्नालाई समेत प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।