प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डुंगा पल्टिँदा बेपत्ता भएका दर्लामीको शव फेला

२०८०-०८-२०

  • A
  • A-
  • A+
Share

सुर्खेत, डुंगा पल्टिँदा बेपत्ता भएका चौकुने गाउँपालिका-५ तोस्रा बस्ने ५८ वर्षीय नन्दराम दर्लामीको शव मंगलबार फेला परेको छ । मंसिर ११ गते साँझ कर्णाली नदीमा डुंगा पल्टिँदा उनी बेपत्ता भएका थिए । तत्कालदेखि खोजी गर्ने क्रममा सोही गाउँपालिका-१० कुमालाको धुरखोलास्थित नदी छेउमा शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार