अपराध रोकथाम र शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८०-०९-२०
- A
- A-
- A+
प्युठान, समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय प्युठानमा सञ्चालित दुई दिवसीय अपराध रोकथाम र शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्युठानको आयोजना एवम् नेपाल जेसुईट सामाजिक संस्थाको प्राविधिक सहयोगमा माध्यामिक तहका प्रधानाध्यापकहरूसँग उक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रम समापनका अवसरमा अन्तरक्रियामा सहभागी प्रधानाध्यापकहरूलाई नेपाल जेसुईट सामाजिक संस्थाबाट प्रमाणपत्र प्रदान गरिएको थियो ।
अन्तरक्रियामा प्युठान र स्वर्गद्वारी नगरपालिका तथा माण्डवी र सरूमारानी गाउँपालिका अन्तर्गतका २९ वटा विद्यालयका प्रधानाध्यापकहरू, सेन्टजेभियर्स स्कुल जावलाखेलका प्रधानाध्यापक, नेपाल जेसुईट सामाजिक संस्थाका निर्देशक एवम् प्रतिनिधिहरू समेतको सहभागिता रहेको थियो ।