अपराध रोकथाम र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अन्तरक्रिया
२०८०-०९-२१
- A
- A-
- A+
प्युठान, समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अपराध रोकथाम र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि माध्यामिक तहका प्रधानाध्यापकहरूसँग जिल्ला प्रहरी कार्यालय प्युठानमा शनिबार दुई दिवसीय अन्तरक्रिया कार्यक्रम सुरू भएको छ ।
अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्यायाधीश पुनाराम खनालले प्रधानाध्यापक र शिक्षकहरूले समाजमा घट्ने अपराध रोकथाम तथा अनुसन्धानमा प्रहरीलाई सूचना दिई सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । प्रहरीसँग सहकार्य एवम् साझेदारी गरी समाजलाई अपराधरहित बनाउन र न्यायसम्पादनको लागि सहयोग पुर्याउन उहाँले अनुरोध समेत गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्युठानको आयोजना एवम् नेपाल जेसुईट सामाजिक संस्थाको प्राविधिक सहयोगमा दोस्रो समूहको उक्त अन्तरक्रिया कार्यक्रम संचालन गरिएको हो ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्युठानका कार्यालय प्रमुख शिवराज पण्डितको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सेन्टजेभियर्स स्कुल जावलाखेलका प्रधानाध्यापक, प्युठानको मल्लरानी, ऐरावती, गौमुखी, झिमरूक र नौबहिनी गाउँपालिका अन्तर्गतका २७ वटा माध्यामिक विद्यालयका प्रधानाध्यापकहरू र नेपाल जेसुईट सामाजिक संस्थाका निर्देशक समेतको उपस्थिति रहेको थियो ।