प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अनलाइन क्यासिनो गेम खेलाउने ३ जना पक्राउ

२०८०-०९-२६

  • A
  • A-
  • A+
Share

काठमाडौं, क्यास एप, मिल्कि वे जस्ता एप्लिकेसन मार्फत हारजीत हुनेगरी अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा ताप्लेजुङ मिक्वाखोला गाउँपालिका-१ घर भई काठमाडौं कोटेश्वर बस्ने २५ वर्षीय पुजन साँवा, भक्तपुर सूर्यविनायक नगरपालिका-४ अनामनगर बस्ने सर्लाही बागमती नगरपालिका-७ घर भएका २१ वर्षीय निशानराज कार्की र भक्तपुर सूर्यविनायक नगरपालिका-४ अनामनगर बस्ने सर्लाही बरथहवा नगरपालिका-११ हिरापुर घर भएका २५ वर्षीय निशान गौतम रहेका छन् । 

विभिन्न खेलहरूमा अनलाईन मार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजीत हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन समेतबाट खटिएका प्रहरीले उनीहरूलाई अनलाइन क्यासिनो खेलाउन प्रयोग भएका ल्यापटप तथा मोबाइलसहित उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
२०८२-०४-११

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१ सिमलीगाउँ बस्ने रामेछाप मन्थली नगरपालिका-६ घर भएका ३९ वर्षीय श्याम तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार ३ सय ३० रूपैयाँ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-६ लेकसाइडस्थित होटल लेक टप एण्ड रेष्टुरेण्टमा जुवातास खेलिरहेका अवस्थामा रेष्टुरेण्टका संचालक पोखरा महानगरपालिका-२४ घर भएका ४७ वर्षीय चिन्तामणि अधिकारी समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६१ हजार ४ सय नेपाली रूपैयाँ,  ५ हजार ५ सय भारतीय रूपैयाँ र २० बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ
२०८२-०४-०३

काठमाडौं महानगरपालिका-१३ ताहाचल डेरा गरी बस्ने सर्लाही लालबन्दी नगरपालिका-११ घर भएका ३२ वर्षीय बिम्मा छिरिङ दोर्जे लामाको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा बिम्मा समेत ५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार ३ सय रूपैयाँ र २४ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-३१ भुपिशेरचन मार्ग बस्ने मोरङ बेलबारी नगरपालिका-९ घर भएकी ६३ वर्षीया साबित्री श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ६ सय २० रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-१ पोखरा बसपार्कस्थित धादिङ होटलबाट जुवातास खेलिरहेको अवस्थामा तनहुँ देवघाट गाउँपालिका-४ देवघाट बस्ने ४२ वर्षीय मान बहादुर मगर समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ९ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी चितवन, भरतपुर महानगरपालिका-२ क्षेत्रपुर बस्ने पदम बहादुर आलेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय बिनोद मल्ल समेत ११ जनालई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार ९ सय ९० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।