३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान
२०८०-१०-०२
- A
- A-
- A+
काठमाडौं, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीले ३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा ३२औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
उक्त तालिम समापनका अवसरमा मंगलबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बिकले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक बिकले तालिमले प्रशिक्षार्थीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई उपयोग गरेमा कार्यक्षेत्रमा काम गर्न सहज हुने बताउनुभयो ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक राम कुमार यादवले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत मंसिर ४ गतेदेखि संचालित उक्त तालिममा प्रहरी सहायक निरीक्षक ३ जना, प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान २४ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।