INTERPOL Project SOTERIA परियोजना अन्तर्गत संचालित दुई वटा प्रशिक्षण कार्यक्रम सम्पन्न
२०८०-१०-०५
- A
- A-
- A+
काठमाडौं, इन्टरपोल महासचिवालयद्वारा INTERPOL Project SOTERIA परियोजना अन्तर्गत संचालित दुई वटा प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित दुई छुट्टाछुट्टै कार्यक्रम बिच उक्त प्रशिक्षण समापन गरिएको हो । साथै उहाँले दुवै प्रशिक्षणमा सहभागीहरूलाई प्रमाणपत्र समेत प्रदान गर्नुभयो ।
सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले विभिन्न एजेन्सीहरू बिचको सहकार्य महत्त्वपूर्ण रहेको चर्चा गर्दै यी प्रशिक्षणले विचार र अभ्यासहरूको आदान प्रदान गर्नुका साथै सहयोगी भावनालाई थप प्रगाढ बनाउने बताउनुभयो । अन्तर्राष्ट्रिय र संगठित अपराध विरूद्धको लडाइँमा संयुक्त प्रयासको आवश्यकता छ र त्यस्ता पहलहरू मार्फत बढाइएको सहकार्यले नेपाललाई मात्र नभई इन्टरपोलका सबै सदस्य राष्ट्रहरूलाई पनि फाइदा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । यस्ता अन्तर-संगठनात्मक प्रशिक्षण कार्यक्रमहरूले प्रशिक्षार्थीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै कार्यस्थलमा एकता र अनुकूल वातावरण सिर्जना गर्न मद्दत गर्ने उहाँले उल्लेख गर्नुभयो ।
दातृ निकायमा संलग्न व्यक्तिहरूबाट हुन सक्ने यौनजन्य दुर्व्यवहारको रोकथाम गर्ने प्रयोजनार्थ उक्त परियोजना अन्तर्गत SOTERIA Operational Training for Border Management Officials विषयक र INTERPOL Policing Capabilities Programme (IPCP) विषयक प्रशिक्षण कार्यक्रम माघ २ गतेबाट संचालन भएका थिए ।
उक्त प्रशिक्षणमध्ये त्रिभुवन विमानस्थल कार्यालय गौचरमा संचालन भएको SOTERIA Operational Training for Border Management Officials विषयक प्रशिक्षणमा नेपाल प्रहरीका १३ जना अधिकृतहरू र अध्यागमन विभागका ७ जना अधिकृतहरु गरी जम्मा २० जना र नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा संचालन भएको INTERPOL Policing Capabilities Programme (IPCP) विषयक प्रशिक्षणमा नेपाल प्रहरीका अधिकृतहरु २० जना अधिकृतहरूको सहभागिता रहको थियो । दुवै प्रशिक्षणमा INTERPOL Project Soteria अन्तर्गतबाट ५ जना प्रशिक्षकहरू समेतबाट प्रशिक्षण प्रदान गरिएको थियो ।