सवारी चालक उन्नत (यान्त्रिक ज्ञान) तालिम शुरू
२०८०-१०-१६
- A
- A-
- A+
काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा १६ औं समूहको सवारी चालक उन्नत (यान्त्रिक ज्ञान) तालिम संचालन भएको छ ।
उक्त तालिमको सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले महाशाखामा मंगलबार आयोजित कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।
प्रहरी निरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ३० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक ३ जना, प्रहरी वरिष्ठ हवल्दार ३ जना, प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार ६ जना र प्रहरी जवान १४ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।