तास खलिरहेको अवस्थामा पक्राउ
२०७८-०८-२१
- A
- A-
- A+
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ माकालबारीस्थित किरण गौतमको घरमा तास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने कञ्चनपुर महेन्द्रनगर घर भएका २८ वर्षीय जगत नाथ लगायत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा हारजित हुने गरी जुवातास खेलीरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४० हजार २ सय २० रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।