जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
२०७८-०८-२३
- A
- A-
- A+
दाङ, घोराही उपमहानगरपालिका-१३ डम्बर गाउँ बस्ने ३२ वर्षीय निम बहादुर भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्थामा निम बहादुर लगायत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९७ हजार ७ सय ५५ रुपैयाँ र १० गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।