दुर्व्यसन तथा दुर्व्यवहार विरूद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-०१-२८
- A
- A-
- A+
प्युठान, नौबहिनी गाउँपालिका-६ लिङबहानेस्थित गंगा माध्यामिक विद्यालयमा ‘लागूऔषध दुर्व्यसन र किशोर किशोरीहरू माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार विरूद्ध सचेतनामूलक कार्यक्रम’ बिहीबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा जिल्ला प्रशासन कार्यालय प्युठानको समन्वयमा सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानले उक्त कार्यक्रम आयोजना गरेको हो ।
सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानका प्रमुख पुण्य प्रसाद न्यौपानेले किशोर किशोरी माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक कृष्ण राना मगरले लागूऔषधको परिचय, प्रकार, असर, यसबाट बच्ने उपाय र कानूनी प्रवाधान बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा गंगा माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, विद्यार्थीहरू, स्थानीय जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।