प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र ललितपुरबाट १४ जना पक्राउ

२०८१-०२-०१

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीस्थित रामेछाप गोकुलगंगा गाउँपालिका-६ घर भएका ४० वर्षीय उमेश सुनुवारले भाडामा लिएको घरमा जुवातास  खेलिरहेको अवस्थामा सुनुवार समेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५२ हजार ५ सय ७५ रूपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो । 

ललितपुर, ललितपुर महानगरपालिका-२५ फुलवारी मार्गस्थित सुर्खेती सेकुवा कर्नर होटलमा जुवातास खेलिरहेको अवस्थामा मकवानपुर थाहा नगरपालिका-१२ घर भई ललितपुर भैसेपाटी बस्ने ३० वर्षीय श्याम तामाङ समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुग्मतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार २ सय ७० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
२०८२-०६-२०

कास्की, पोखरा महानगरपालिका-६ लेकसाइडस्थित पोखरा वुटिक होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय देव श्रेष्ठ समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ३९ हजार ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाँडी एकताटोल बस्ने ४६ वर्षीय भोजराज भट्टको पसलमा जुवातास खेलिरहेको अवस्थामा भोजराज समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ६ सय ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।