हेभी सवारी चालक ११औं समूहको तालिम संचालन
२०७८-०८-२९
- A
- A-
- A+
काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने ११औं समूहको हेभी सवारी चालक तालिम सुरु भएको छ ।
सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ई. नरोत्तम लाल प्रधानले बुधबार आयोजित कार्यक्रममा उक्त तालिमको उद्घाटन गर्नुभयो ।
उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक प्रधानले नयाँ प्रविधिको जानकारी गराई दक्ष जनशक्ति उत्पादन गर्ने तालिमको उद्देश्य रहेकोले प्रशिक्षार्थीहरुले अनुशासित भएर तालिम हासिल गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा प्रहरी निरीक्षक अनुप श्रेष्ठले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै ३० दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार २ जना र प्रहरी जवान ३० गरी कूल ३२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।