अभिमुखीकरण कार्यक्रम सम्पन्न
२०८१-०२-१३
- A
- A-
- A+
प्युठान, जिल्ला प्रशासन कार्यालय प्युठानको समन्वय, जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य एवम् सरूमारानी गाउँपालिकाको आयोजनामा "लागूऔषध दुर्व्यसन, अपराध, सामाजिक विकृति र विसंगतिका विरुद्ध अभिमूखीकरण कार्यक्रम" शनिबार सम्पन्न भएको छ ।
लागूऔषध नियन्त्रण कार्ययोजना, २०८१ बमोजिम आयोजित उक्त कार्यक्रम सरूमारानी गाउँपालिका-१ स्थित सरस्वती माध्यामिक विद्यालय र सोही गाउँपालिका-२ स्थित खङ्गेश्वरी माध्यामिक विद्यालयमा छुट्टाछुट्टै सम्पन्न भएको हो ।
प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न दुवै कार्यक्रममा नार्कोनन नेपाल लुम्बिनी प्रदेशका संयोजक बसन्त पुन र कर्ण सकारात्मक कोष दाङका संयोजक सुन्दर गौतमले सम्बन्धित विषय विज्ञको रूपमा सचेतनामूलक प्रस्तुतीकरण गर्नुभएको थियो ।
दुवै कार्यक्रममा सरूमारानी गाउँपालिकाका पदाधिकारीहरू, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापा, नागरिक समाज, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।