प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

झुट्टा विवरण पेश गरी वंशज नागरिकता लिन खोज्ने तीन जना पक्राउ

२०८१-०२-३१

  • A
  • A-
  • A+
Share

काठमाडौं,  झुट्टा विवरण पेश गरी वंशज नागरिकता लिन खोजेको अभियोगमा तीन जना भारतीय नागरिकहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ बस्ने भारत घर भएका ५१ वर्षीय हरियोम गुप्‍ता भन्ने हरिओम कुमार र उनकै छोराहरू २० वर्षीय ऋषि गुप्‍ता र १८ वर्षीय किशोर रहेका छन् । 

ऋषि गुप्‍ता समेतले आफ्ना बुबालाई बेपत्ता भएको बनाई भारतीय नागरिक भएको तथ्यलाई समेत लुकाई वंशज नाताले नागरिकता लिनको लागि झुट्टा विवरण दिई वडा कार्यालयबाट सर्जमिन मुचुल्का सहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा फारम भरी पेश गरेका थिए । 

उनीहरू उपर नागरिकता ऐन अन्तर्गतको कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 




सम्बन्धित समाचार
सालकको खपटा ओसारपसार मुद्दाका फरार व्यक्ति पक्राउ
२०८१-०३-०९

काठमाडौं, संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) ओसारपसार मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका-४ बस्ने टासी भन्ने ४४ वर्षीय टसी तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । गौरीशंकर संरक्षण क्षेत्र, सम्पर्क कार्यालय दोलखाको २०७० मंसिर १७ गतेको फैसलाले ५ वर्ष कैद सजाय र ६२ हजार १ सय ७५ रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ नाम्गेल बसपार्कबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि गौरीशंकर संरक्षण क्षेत्र, सम्पर्क कार्यालय दोलखामा बुझाइएको छ ।

माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०३-०९

काठमाडौं, वैदेशिक रोजगारमा माल्टा पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा कञ्चनपुर बेरौली नगरपालिका-१० घर भई काठमाडौं कीर्तिपुर नगरपालिका-५ बस्ने ३२ वर्षीय केशव राज जोशीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा माल्टा पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट रकम लिई सम्पर्क विहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो । उनले पीडितहरुलाई माल्टा लैजाने भनी वर्किङ भिषा देखाई विश्वास दिलाई पीडितहरू कतार पुग्दा त्यहाँको अध्यागमनले नक्कली भिषा भनी जेल समेत पठाई डिपोट गरी नेपाल फर्काएको पनि अनुसन्धानको क्रममा खुल्न आएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं बुझाइएको छ ।