प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध ब्राउनसुगरसित दुई जना पक्राउ

२०८१-०३-१०

  • A
  • A-
  • A+
Share

काठमाडौं, टोखा नगरपालिका-८ बानियाटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २४ ग्राम ९१ मिलिग्राम, मोबाइल ५ थान, १९ हजार नेपाली रूपैयाँ, १ हजार भारतीय रूपैयाँसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्नेहरू बर्दिया गेरूवा गाउँपालिका-६ घर भएका १९ वर्षीय भरत बोहोरा र मोरङ कानेपोखरी गाउँपालिका-३ घर भएका २६ वर्षीय तुलाराम चौधरी रहेका छन् । 

उनीहरूले लागूऔषध खरिद बिक्री गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर टेकु र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले भरत बोहोराले प्रयोग गरेको बा.९० प ४२९१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०८१-०३-१५

झापा, भद्रपुर नगरपालिका-३ झोलुङ्गेपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित भद्रपुर नगरपालिका-९ लक्ष्मी चोक बस्ने ३० वर्षीय युनिक निरौला समेत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेचीपारी र सशस्त्र प्रहरी बल नेपाल बिओपी महेशपुरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.३ प ५३० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दुवै जनालाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-३ चटकपुरबाट अवैध लागूऔषध गाँजा २ किलोग्रामसहित भारत संग्रौला श्रीपुर घर बताउने ६५ वर्षीय दलजित सिंहलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८१-०३-१४

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय १० मिलिग्रामसहित सुर्खेत बिरेन्द्रनगर नगरपालिका-१० बस्ने २० वर्षीय प्रदीप बुढालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको  हो । नुवाकोट, ककनी गाउँपालिका-१ ताम्सालिङगेटस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोसहित सोही गाउँपालिका-२ बस्ने २४ वर्षीय सविन तामाङ समेत २ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले ककनीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.७७ प ५५८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त गाँजासहित पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-५ गेटास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-१३ बस्ने २८ वर्षीय कमल भट्टलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।सुनसरी, देवानगंज गाउँपालिका-७ स्थित सडकबाट अवैध लागूऔषध गाँजा २१ किलो २ सय ग्रामसहित २ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य सुपौल तिनटोलिया पंचायत प्रतापगंज थाना बस्ने २९ वर्षीय सुनिल कुमार यादव र देवानगंज गाउँपालिका-२ बस्ने २४ वर्षीय रणधिर यादव रहेका छन् । इलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरीले हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । सुर्खेत, बिरेन्द्रनगर नगरपालिका-११ धुलिया बिट बस्ने २१ वर्षीय बिबेक बिश्वकर्मालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १ सय ९० मिलिग्रामसहित बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको  प्रहरीले  उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । बागलुङ, ढोरपाटन नगरपालिका-१ बुर्तिबाङस्थित मिना एण्ड लप्सन खाजा घर संचालन गरी बस्ने ५० वर्षीय धन बहादुर भण्डारीलाई अवैध लागूऔषध गाँजा १ किलो ५० ग्रामसहित बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले उनको खाजा पसल तलासी गर्ने क्रममा उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।झापा, मेचिनगर नगरपालिका-६ काँकरभिट्टास्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय मिलिग्रामसहित दमक नगरपालिका-८ किरात चोक बस्ने २३ वर्षीय रमेश दर्जीलाई बिहिबार दिउँसो प्रहरीले  पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।बाजुरा, बुढिगंगा नगरपालिका-७ वायल गाउँबाट अवैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ ६ सय १० मिलिग्राम र अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्रामसहित २ जनालाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय बाबुराम खड्का र खप्तड छेडेदह गाउँपालिका-५ बस्ने बस्ने २६ वर्षीय दिपक रावत रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले खड्काको कुखुरा फर्म तलासी गर्दा फर्ममा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-४ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्रामसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-४ मेघावारी घर बताउने २९ वर्षीय सुवास ताजपुरिया र सोही ठाउँ बस्ने २१ वर्षीय अम्मर कुमार राजवंशी रहेका छन् । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम २ सय मिलिग्राम, डिजिटल तराजु १ थान र मोबाइल २ थानसहित काठमाडौं महानगरपालिका-२६ लैनचौर बस्ने पाँचथर फालेलुङ गाउँपालिका-५ घर भएका २४ वर्षीय कृष्ण बहादुर लायोलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०८१-०३-१३

 सुनसरी, धरान उपमहानगरपालिका-१५ बाट नियन्त्रित लागूऔषध ट्रामानिल ९४ क्याप्सुल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ  बस्ने २६ वर्षीय सन्दिप राई र धरान उपमहानगरपालिका-४ बस्ने १८ वर्षीय किशोर रहेका छन् । सन्दीपको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा १ लाख ९५ हजार ५ सय ५ रूपैयाँ, मोबाइल २ थान र उक्त लागूऔषध सहित उनीहरूलाई पक्राउ गरेको हो ।सर्लाही, मलंगवा नगरपालिका-७ बाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ सय ८० ट्याब्लेटसहित लालबन्दी नगरपालिका-१ बस्ने २१ वर्षीय रोशन खड्कालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले भारतबाट मलंगवातर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न ठाउँबाट १० जना पक्राउ
२०८१-०३-१३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५५ किलोग्रामसहित चितवन राप्ती नगरपालिका-२ गड्यौली बस्ने ३६ वर्षीय सुनिल मुक्तानसमेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पथलैयातर्फ जाँदै गरेको ना.५ ख १११८ नम्बरको ट्रक जाँच गर्ने क्रममा हुटमा फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी मकवानपुर, भिमफेदी गाउँपालिका-१ सामरी पुलस्थित सडकबाट अवैध लागूऔषध गाँजा १ सय ७५ किलोग्रामसहित हेटौंडा उपमहानगरपालिका-४ बस्ने ५१ वर्षीय पूर्ण बहादुर रूम्बालाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ । बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरीले बा.३ ख ४६१ नम्बरको मिनीट्रकलाई जाँच गर्ने क्रममा ट्रकको पछाडि भागमा पल्स बटन बनाई लुकाई छिपाई राखेको उक्त गाँजा फेला परी चालक पूर्ण बहादुरलाई  पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१७ अलौबाट अवैध लागूऔषध गाँजा २ किलो ५ सय ग्रामसहित बहुदरमाई नगरपालिका-७ फूलकौल गाउँ बस्ने ३१ वर्षीय विश्वेश्वर प्रसाद यादवलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खलवाटोला श्रीसियाबाट खटिएको प्रहरीले भारततर्फ जाँदै गरेको मोटरसाइकललाई रोकी जाँच गर्न खोज्दा चालक फरार भएको र पछाडि सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको खोजी भइरहेको छ । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-५ कमेरेटारबाट अवैध लागूऔषध गाँजा करिब ८ किलो ९ सय ग्रामसहित सोही ठाउँ बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका-३ घर भएका ४५ वर्षीय राम कुमार तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बा.प्र.०२-०३४ प ०१७८ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।झापा, दमक नगरपालिका-१ घर भई शिवसताक्षी नगरपालिका-१० टेकक्रा बस्ने २६ वर्षीय प्रदिप तामाङलाई अवैध  ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८७ मिलिग्राम र नगद २० हजार ४ सय २० रुपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट माइधारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-८ तिनकुनेस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामानिल ९ हजार ९ सय क्याप्सुलसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिक-८ बस्ने २४ वर्षीय कृष्ण बहादुर विक र  सोही उपमहानगरपालिका-१७ बस्ने २५ वर्षीय दिनेश निरौला रहेका छन् । अस्थायी प्रहरी चौकी तिनकुने धरानबाट खटिएको प्रहरीले बिराटनगरबाट धरानतर्फ आउँदैगरेको को.१ ख ४७४७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसका चालक विक र सहचालक निरौलालाई पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-५ मालेपाटनस्थित सडकबाट अवैध लागूऔषध चरेशजस्तो देखिने पदार्थ १ सय ५० ग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-५ बस्ने २१ वर्षीय नितेश पाण्डे र ३० वर्षीय नवीन सुनार रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८१-०३-१२

काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित सारङ्गी छहारी गेष्टहाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ ७ ग्राम, ल्यापटप १ थान, मोबाइल ५ थान, ५६ हजार नेपाली रूपैयाँ, २ हजार ५ सय भारतीय रूपैयाँसहित ईलाम चुलाचुली गाउँपालिका-३ घर भएका २४ वर्षीय राज राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनले लागूऔषध विक्री गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-८ तिलगंगा बस्ने झापा गौरादह नगरपालिका-७ घर भएकी ३२ बर्षीया सम्झना कुमारी बजगाईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ४ पत्ता, गाँजा २ सय २० ग्राम र नगद ५१ हजार २ सय ५० रूपैयाँसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट पशुपती र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनको डेरा कोठा तलासी उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ शर्मा गल्ली नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित कोहलपुर नगरपालिका-८ गोल्छा बस्ने १९ वर्षीय  भुवन थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै  गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१२ मुक्तिपुर बस्ने बर्दिया गेडुवा गाउँपालिका-३ घर भएका ३० वर्षीय रवी थापालाई अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ ३० मिलिग्रामसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । दाङ, तुलसीपुर उपमहानगरपालिका-८ शुभबिहानी टोलबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १३ किलोसहित रूकुमपश्चिम आठ्बिस नगरपालिका-३ बस्ने ४० वर्षीय टेक बहादुर बोहरासमेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले सोही ठाउँ डेरा गरी बस्ने रूकुम पश्चिम आठ्बिस नगरपालिका-३ घर भएकी ३३ वर्षीया लक्ष्मी बोहराको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । हाल फरार लक्ष्मीको प्रहरीले खोजी गरिरहेको छ ।कञ्चनपुर, पुनर्वास नगरपालिका-११ भिमबस्तीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-३ बोराडाडी बस्ने १९ वर्षीय आशिष बहादुर धानुक र सोही उपमहानगरपालिका-२ मिलनचोक बस्ने १९  वर्षीय छत्र बहादुर सिंह रहेका छन् । इलाका प्रहरी कार्यालय त्रिभूवनबस्तीबाट खटिएको प्रहरीले बेलौरीबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०१-०१० प ६४७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-२ तेघरीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्रामसहित सोही नगरपालिका-२ बस्ने २४ वर्षीय अमित शोवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित चार जना पक्राउ
२०८१-०३-११

  झापा, गौरिगञ्ज गाउँपालिका-१ कुञ्जिबारीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ  ६ ग्राम ७ सय ३० मिलिग्रामसहित सकमल गाउँपालिका-१ बस्ने ३० वर्षीय उद्धव भट्टराईसमेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महाभाराबाट खटिएको प्रहरी उनीहरूलाई पक्राउ गरेको हो ।  बर्दिया, बारबर्दिया नगरपालिका-३ लक्ष्मणपुरबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ १० ग्राम ८ सय ८० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद १२ हजार ९ सय ६० रूपैयाँसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको    छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय उमेश खत्री र उनकै श्रीमती २५ वर्षीया अनिता खत्री रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज, जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको संयुक्त प्रहरीले खत्रीको घर तलासी गर्दा उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।