प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१-०३-१३

  • A
  • A-
  • A+
Share

काठमाडौं, सवारी ज्यान मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-६ लुभु घर भई सोही नगरपालिका-१ इमाडोल बस्ने ३९ वर्षीय श्याम भन्ने लिलेन्द्र श्रेष्ठलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत काठमाडौंको २०६२ भदौ १० गतेको फैसलाले ११ महिना ५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर इमाडोलबाट पक्राउ गरेको   हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बबरमहल काठमाडौंमा पठाइएको छ । 


सम्बन्धित समाचार
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०३-१५

झापा, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका-४ बस्ने ३४ वर्षीय लुसन तिवारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।उच्च अदालत विराटनगर इलाम इजलासको २०८० जेठ १० गतेको फैसलाले उक्त मुद्दामा २० दिन कैद, २७ लाख रूपैयाँ जरिवाना तथा पीडित राहत कोषमा १ लाख ८ हजार रूपैयाँ क्षतिपूर्ति शुल्क जम्मा गर्नुपर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार झापा पठाइएको छ ।

भन्सार छलि लैजान लागेको सुन जस्तो देखिने पहेंलो धातुसहित तीन जना पक्राउ
२०८१-०३-१४

काठमाडौं, भन्सार छली गरी अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ५० ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको सिक्री २ थानसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा सिराह नगरपालिका-१६ वतन भएका ३३ वर्षीय अशोक पासवान, धनुषा सबैला नगरपालिका-१३ वतन भएका ३० वर्षीय मोहम्मद जयस शेख र काठमाडौं तारकेश्वर नगरपालिका-२ वतन भएकी २४ वर्षीया आसिका केसी रहेका छन् । कतार एयरलाईन्सको उडानद्वारा कतारबाट काठमाडौं आएका अशोक र मोहम्मद जयसलाई आसिकाले उक्त धातु भन्सार छलि गर्न लगाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।उनीहरूलाई आवश्‍यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको   छ ।