प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सुनको रिङ लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ

२०८१-०३-१४

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-३० स्थित सेतोपुल डेरा गरी बस्ने सिन्धुली कमलामाई नगरपालिका-१२ घर भएकी ३५ वर्षीया महिलाको रिङ लुटपाट गरेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत हरियाणा कर्नाल घर भई बौद्ध नयाँबस्ती बस्ने २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना रहेका छन् । 

पीडितको घरमा भिख माग्ने बहाना बनाई आएका देवु र जेलिनाले दुवै कानमा लगाएको सुनको रिङ्ग लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०३-१५

झापा, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका-४ बस्ने ३४ वर्षीय लुसन तिवारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।उच्च अदालत विराटनगर इलाम इजलासको २०८० जेठ १० गतेको फैसलाले उक्त मुद्दामा २० दिन कैद, २७ लाख रूपैयाँ जरिवाना तथा पीडित राहत कोषमा १ लाख ८ हजार रूपैयाँ क्षतिपूर्ति शुल्क जम्मा गर्नुपर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार झापा पठाइएको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०३-१४

झापा, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दमक नगरपालिका-९ बस्ने ३१ वर्षीय इकेश तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापाको २०८१ वैशाख २३ गतेको फैसलाले उक्त मुद्दामा १ महिना कैद सजाय, ६ लाख रूपैयाँ जरिवाना तथा पिडित राहत कोषमा २४ हजार रूपैयाँ क्षतिपूर्ति शुल्क जम्मा गर्नु पर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यन्वयनको लागि जिल्ला अदालत चन्द्रगढी झापामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार झापा पठाइएको छ ।