प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भन्सार छलि लैजान लागेको सुन जस्तो देखिने पहेंलो धातुसहित तीन जना पक्राउ

२०८१-०३-१४

  • A
  • A-
  • A+
Share

काठमाडौं, भन्सार छली गरी अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ५० ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको सिक्री २ थानसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा सिराह नगरपालिका-१६ वतन भएका ३३ वर्षीय अशोक पासवान, धनुषा सबैला नगरपालिका-१३ वतन भएका ३० वर्षीय मोहम्मद जयस शेख र काठमाडौं तारकेश्वर नगरपालिका-२ वतन भएकी २४ वर्षीया आसिका केसी रहेका छन् । 

कतार एयरलाईन्सको उडानद्वारा कतारबाट काठमाडौं आएका अशोक र मोहम्मद जयसलाई आसिकाले उक्त धातु भन्सार छलि गर्न लगाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्‍यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको   छ । 


सम्बन्धित समाचार
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०३-१५

झापा, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका-४ बस्ने ३४ वर्षीय लुसन तिवारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।उच्च अदालत विराटनगर इलाम इजलासको २०८० जेठ १० गतेको फैसलाले उक्त मुद्दामा २० दिन कैद, २७ लाख रूपैयाँ जरिवाना तथा पीडित राहत कोषमा १ लाख ८ हजार रूपैयाँ क्षतिपूर्ति शुल्क जम्मा गर्नुपर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार झापा पठाइएको छ ।

सुनको रिङ लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ
२०८१-०३-१४

काठमाडौं महानगरपालिका-३० स्थित सेतोपुल डेरा गरी बस्ने सिन्धुली कमलामाई नगरपालिका-१२ घर भएकी ३५ वर्षीया महिलाको रिङ लुटपाट गरेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत हरियाणा कर्नाल घर भई बौद्ध नयाँबस्ती बस्ने २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना रहेका छन् । पीडितको घरमा भिख माग्ने बहाना बनाई आएका देवु र जेलिनाले दुवै कानमा लगाएको सुनको रिङ्ग लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।