प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षकको बिदाइ

२०८१-०३-१८

  • A
  • A-
  • A+
Share

काठमाडौं, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक उमेश राज जोशीलाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमबीच बिदाइ गर्नुभएको छ ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरूले समेत सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक जोशीलाई शुभकामना सहित हार्दिक बिदाइ गर्नुभएको थियो ।

सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक जोशी वि.सं. २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । प्रहरी अतिरिक्त महानिरीक्षक जोशी प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्षीय उमेर हदको कारण असार १९ गते अवकास हुन लाग्नु भएको हो ।


सम्बन्धित समाचार
१५ जना प्रहरी कर्मचारीलाई आधारभूत डिजिटल फोटोग्राफी तालिम प्रदान
२०८१-०३-१७

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय फोटोग्राफी शाखाले १५ जना प्रहरी कर्मचारीहरुलाई आधारभूत डिजिटल फोटोग्राफी तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो शाखामा संचालित तेस्रो समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी सह-प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्‍व अधिकारीले सोमबार आयोजित तालिम समापन कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो । साथै उहाँले तालिममा प्राप्त सैद्वान्तिक एवम् व्यवहारिक ज्ञानको आ-आफ्नो कार्यक्षेत्रमा उच्चतम प्रयोग गर्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक चन्चला श्रेष्ठले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत जेठ ६ गतेदेखि संचालित ३५ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक २, प्रहरी सहायक हवल्दार १ जना र प्रहरी जवान १२ जना गरी कुल १५ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो ।

शैक्षिक गुणस्तर अभिवृद्धि तथा अपराध न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८१-०३-१५

प्युठान, मल्लरानी गाउँपालिका-४ स्थित जिल्ला समन्वय समितिको सभाहलमा शैक्षिक गुणस्तर अभिवृद्धि तथा अपराध न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ ।  जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्यमा मल्लरानी गाउँपालिकाले उक्त कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि तथा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोईरालाले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरूको भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै शिक्षकहरूले बालबालिकाको मनोभावना बुझी सोही अनुरूप व्यवहार गर्नुपर्ने र सँधै सकारात्मक सोँचका साथ आफ्नो कर्तव्य पालना गर्नुपर्ने बताउनुभयो ।जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापाले अपराधको तथ्याङ्क प्रस्तुत गर्दै अपराध न्यूनीकरणमा विद्यालय र शिक्षकहरूको भूमिका र किशोरावस्थाका बालबालिकाहरू संलग्न हुन सक्ने अपराधजन्य क्रियाकलापहरूको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा मल्लरानी गाउँपालिकाका उपाध्क्षय रमेश श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि यस कार्यक्रम फलदायी हुने विचार व्यक्त गर्नुभयो ।मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख कर्ण बहादुर बुढा क्षेत्री, मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिर बहादुर सेजुवाल, पालिकाका जनप्रतिनिधिहरू, पालिका अन्तर्गत रहेका विद्यालयहरूका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, प्रधानाध्यापक तथा शिक्षकहरू लगायतको सहभागिता रहेको थियो । यसैगरी सरूमारानी गाउँपालिका-४ बड्डाँडास्थित गाउँपालिकाको सभाहलमा अपराध न्यूनीकरण तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको थियो ।  जिल्ला प्रहरी कार्यालय प्युठान र सरूमारानी गाउँपालिका सहकार्यमा आयोजित उक्त कार्यक्रम शिक्षाविद् प्रा.डा. विद्यानाथ कोईरालाको प्रमुख आतिथ्यता तथा सरूमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्‍वकर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।

लैंगिक हिंसा, घरेलु हिंसा तथा सामाजिक सञ्जालको दुरूपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-०३-१४

काठमाडौं, नागार्जुन नगरपालिका-२ स्वयम्भूस्थित रीड मोडल स्कुलमा लैंगिक हिंसा, घरेलु हिंसा तथा सामाजिक सञ्जालको दुरूपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, प्रहरी वृत्त स्वयम्भू र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचंगुनारायणको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।  सो अवसरमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचंगुनारायणका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि प्रताप दानीले लैंगिक हिंसा, घरेलु हिंसा तथा सामाजिक सञ्जालबाट हुने विसंगति एवम् विकृतिलाई न्यूनीकरण गरी सभ्य र सुरक्षित समाज निर्माण गर्न कार्यक्रमले सहयोग गर्ने चर्चा गर्नुभयो । अपराधमुक्त समाज निर्माण गर्न नागरिक समाज र प्रहरीबीच सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी उपाध्यक्ष तथा कार्यक्रमका सभापति श्रीमती कल्पना गिरीले आफ्नो टोल छिमेकमा हुने लैंगिक तथा घरेलु हिंसा र विद्युतीय अपराधलाई निर्मुल पार्नलाई कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । इन्टरनेट र सामाजिक सञ्जालबाट हुने आपराधिक कार्यहरू बढ्न नदिन समयमानै सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी नायव उपरीक्षक पुर्णिमा कुमारी चन्दले स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्यबारे जानकारी दिनुभएको उक्त कार्यक्रममा लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनीकरण सम्बन्धी सचेतनामूलक नाटक “समान युग”, साइबर अपराध सम्बन्धी सचेतनामूलक नाटकका साथै सामुहिक सहचरी नृत्य तथा सामुदायिक प्रहरी साझेदारी गीतमा नृत्य प्रस्तुत गरिएको थियो ।कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, शिक्षक एवम् विद्यार्थीहरू, संचारकर्मी, प्रहरी अधिकृत तथा जवानहरू लगायतको उपस्थिति रहेको थियो ।

४५ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तथा रेखाचित्रण तालिम प्रदान
२०८१-०३-१०

काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ४५ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तथा रेखाचित्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तथा रेखाचित्रण चौथो समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सोमबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जिवन कुमार श्रेष्ठले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले सवारी दुर्घटनाको अनुसन्धानको सिलसिलामा सवारी दुर्घटनासँग सम्बन्धित विभिन्न किसिमका प्रमाणहरूलाई रेखाचित्रणको माध्यमबाट देखाउन सके अनुसन्धान प्रभावकारी हुने विचार व्यक्त गर्नुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक शेखर जंग मल्लले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ७ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार १४ जना र प्रहरी जवान २६ जना गरी कुल ४५ जना प्रशिक्षार्थीहरूले तालिम हासिल गरेको जानकारी दिनुभयो ।

नेपाल प्रहरीका केन्द्रीय सह-प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी
२०८१-०३-१०

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी सह-प्रवक्ता तोकिएको छ ।नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीलाई केन्द्रीय प्रहरी सह-प्रवक्ता तोकिएको उक्त सचिवालयले सोमबार जनाएको छ ।प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ ।