जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-०४-०७
- A
- A-
- A+
उदयपुर, ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-८ हाडे डाँडा टोल बस्ने ५० वर्षीय कर्म सिंह गोलेलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
गोलेले ती महिलालाई आइतबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।