अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८१-०४-०८
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २ हजार २ सय ५० ट्याब्लेट सहित बारा आदर्श कोतवाल गाउँपालिका-४ बस्ने २५ वर्षीय हरिओम यादव समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको संयुक्त प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र ०३-००१ ख २५५९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-९ शिवटोलबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल हाईड्रोक्लोराइड २ सय २६ चक्की सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने पृथ्वीचोक बसपार्क घर भएकी १९ वर्षीया एन्जिला गुरूङ र सोही महानगरपालिका-१० बुद्धचोक बस्ने २९ वर्षीय सुवास गुरूङ रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले एन्जिलाको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।