प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित सात जना पक्राउ

२०८१-०४-१०

  • A
  • A-
  • A+
Share

झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्राम, मोबाइल २ थान, नगद १० हजार रूपैयाँ र २ थान एटिम कार्ड सहित कमल गाउँपालिका-४ सितापुरी बस्ने ४१ वर्षीय धन बहादुर लिम्बुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.५३ प १२४५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, कैलारी गाउँपालिका-७ हुलाकी राजमार्गबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय मिलिग्राम सहित सोही गाउँपालिका-३ बस्ने २८ वर्षीय राजु चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-१९ बागफाँटा दशरथ टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ५ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोर समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट  खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, इनरूवा नगरपालिका-४ बिरेन्द्र टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम ४० मिलिग्राम, मोबाइल ४ थान, नगद १ लाख ५ सय रूपैयाँ सहित धनकुटा नगरपालिका-६ बस्ने ३० वर्षीय प्रितम राई समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इनरूवा नगरपालिका-४ बिरेन्द्र टोल बस्ने अशोक कुमार यादवको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले यादवको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको बा.१३ च २८५५ नम्बरको स्कार्पियो समेत प्रहरीले बरामद गरेको छ ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८१-०५-१५

सुनसरी, बराहक्षेत्र नगरपालिका-१ गैरी टोल बस्ने ५० वर्षीया ईन्द्र कुमारी विश्वकर्मालाई अवैध लागूऔषध गाँजा ६ सय ७० ग्राम र चाँदीको दाना ५ सय ३० ग्राम सहित शुक्रबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा र चाँदी फेला पारी पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-८ स्थित क्याम्पस चोकबाट अवैध लागूऔषध चरेश करिब ४ किलो ५ सय ग्राम र नगद ७५ हजार रूपैयाँ सहित बझाङ केदारस्युँ गाउँपालिका-७ घर भएका ४२ वर्षीय जनक धामीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८१-०५-१४

मोरङ, बिराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम २८ मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय तिलक यादव र भारत बिहार बस्ने २१ वर्षीय बिशाल कुमार साह रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२५ प २११ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २९ ग्राम सहित दाङ बबई गाउँपालिका-२ बस्ने २४ वर्षीय दिपक बिकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँके, कोहलपुर नगरपालिका-६ रझेना बस्ने २१ वर्षीय बिपिन वलीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ चुरेमाईबाट अवैध लागूऔषध गाँजा २५ किलोग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-४ बस्ने २१ वर्षीय सुसिल बल र ३२ वर्षीय हिमाल ब्लोन रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.१४ च ३८५५ नम्बरको बलेरो जिपलाई जाँच गर्ने क्रममा बर्नटमा लुकाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी बलेरो चालक सुसिल र बलेरोमा सवार हिमाललाई पक्राउ गरेको हो ।सुनसरी, धरान उपमहानगरपालिका-१७ ठकुरी पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम २ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय रोशन राईलाई बिहीबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८१-०५-१३

बाँके, नेपालगंज उपमहानगरपालिका-१४ भाटनपुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय मिलिग्राम सहित भारत बहराईच उत्तर प्रदेश बस्ने ३१ वर्षीय आनन्द बर्मालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, बिरेन्द्रनगर नगरपालिका-६ बस्ने २४ वर्षीय संजय गुरूङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्राम सहित बुधबार राती प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका-३ इतौरा बस्ने ३६ वर्षीय डिल बहादुर महतोलाई अवैध लागूऔषध गाँजा करिब ३ किलो ५ सय ग्राम र सोही नगरपालिका-४ पनौती बस्ने १८ वर्षीय किशोरलाई अवैध लागूऔषध गाँजा ५ सय ग्राम सहित बुधबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कोल्हुवाबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  बारा, जितपुरसिमरा उपमहानगरपालिका-१७ रघुनाथपुरबाट अवैध लागूऔषध गाँजा १० किलो ५ सय ग्राम सहित निजगढ नगरपालिका-१३ रतनपुर बस्ने ३४ वर्षीय संदेश स्याङतानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जैतापुरबाट खटिएको प्रहरीले रघुनाथपुरबाट भोडाहतर्फ जाँदै गरेको प्र.२-०३-०१३ प २४०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक संदेशलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८१-०५-१२

काठमाडौं महानगरपालिका-२६ निखिलमार्गस्थित गेष्टहाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६३ मिलिग्राम सहित दाङ घोराही उपमहानगरपालिका-९ घर भई ललितपुर सानेपा बस्ने २५ वर्षीय मनिष शाह समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले गेस्टहाउसको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।कञ्चनपुर, बेदकोट नगरपालिका-९ सुन्दरपुरबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम २८ मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय सागर चन्दलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो, नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी सुडाबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-१ धोबीगौडा बस्ने २९ वर्षीय विराज रजकलाई उनकै घरबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ७ सय ५० ग्राम र नियन्त्रित लागूऔषध नाईट्रोभेट २१ चक्की सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको   छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाइ छिपाई राखेको उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।