प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित दुई जना पक्राउ

२०८१-०४-११

  • A
  • A-
  • A+
Share

बाँके, खजुरा गाउँपालिका-३ पेलाडी नालाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 पक्राउ पर्नेहरूमा खजुरा गाउँपालिका-३ बि गाउँ बस्ने १९ वर्षीय हर्षित पाडे मगर र सोही गाउँपालिका-३ खजुरा बस्ने ३६ वर्षीय याम बहादुर राना मगर रहेका छन् । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८१-१०-०७

कैलाली, धनगढी उपमहानगरपालिका-२ भन्सार ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ३ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ उत्तरवेहडी बस्ने २४ वर्षीय अनिल लामा तामाङ र सोही उपमहानगरपालिका-१३ झलारी बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र ०२००३ प ६११५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१२ जुगेडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ शिवनगर बस्ने २२ वर्षीया अस्मीता चौधरी र सोही उपमहानगरपालिका-९ बस्ने २२  वर्षीया रमिता चौधरीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्राम सहित डडेल्धुरा अमरगढी नगरपालिका-५ घर भएका २४ वर्षीय मीन बहादुर बिष्टलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१६ हुलासस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय १० मिलिग्राम सहित सुनसरी दुहवी नगरपालिका-४ पिपल चोक बस्ने २५ वर्षीय मोहित यादवलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५ ट्याब्लेट र स्पास्पेन ४ ट्याब्लेट सहित खजुरा गाउँपालिका-४ बस्ने ३० वर्षीय इकरार सारूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-४ स्थित बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम र चरेश जस्तो देखिने पदार्थ ३ ग्राम १ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने २८ वर्षीय सागर जोशी र सोही नगरपालिका-६ बस्ने २७ वर्षीय निरज बहादुर चन्द रहेका छन् । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८१-१०-०६

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ दिपज्योती डाँडाबाट अवैध लागूऔषध गाँजा ११ किलोग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा सखुवा प्रसौनी गाउँपालिका-१ दोहोरी बस्ने ४२ वर्षीय सुरेश दास थारू र पर्सागढी नगरपालिका-२ बागबना बस्ने २९ वर्षीय अर्जुन महतो थारू रहेका छन् । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले नारायणगढबाट रौतहट तर्फ जाँदै गरेको लु.१ ख ७३९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार सुरेशलाई ५ किलो ५ सय ६० ग्राम र अर्जुनलाई ५ किलो ४ सय ४० ग्राम गाँजा सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-१ अस्पताल रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने डडेल्धुरा अजयमेरू गाउँपालिका-५ घर भएका २० वर्षीय निरन्जन पन्तलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८१-१०-०६

रौतहट, चन्द्रपुर नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित सोही ठाउँ बस्ने ३४ वर्षीय प्रचण्ड बहादुर थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-६ मैनापोखर बजारबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलो ९६ ग्राम सहित जाजरकोट जुनिजाँदे गाउँपालिका-५ मैफ बस्ने १९ वर्षीय कृष्ण थापालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।कैलाली, गोदावरी नगरपालिका-१ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ७३ ग्राम ८४० मिलिग्राम  सहित सोही ठाउँ बस्ने बैतडी पाटन नगरपालिका-८ घर भएका २९ वर्षीय जग्दिश भट्टलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको   हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१ पार्क मोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय अभिषेक बसुवा र गौरीगंगा नगरपालिका-१ बस्ने २२ वर्षीय बिष्णु गुरूङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८१-१०-०५

काठमाडौं, कीर्तिपुर नगरपालिका-१० टियु गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्राम सहित तार्केश्‍वर नगरपालिका-३ जितपुर घर भएका ४२ वर्षीय सोभित थापालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले कीर्तिपुरबाट तार्केश्‍वर जितपुरतर्फ जाँदै गरेको बा.प्र ०२-०२२ प ०७५० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । ललितपुर, महालक्ष्मी नगरपालिका-४ ईमाडोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय मिलिग्राम सहित काठमाडौं बुढानिलकण्ठ बस्ने इलाम घर भएका २१ वर्षीय साहिल कट्टेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले बा.५७ प ५४६३ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, गोदावरी नगरपालिका-५ मेडिकल कलेज नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय ओकेन्द्र चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, घोडाघोडी नगरपालिका-१ भजनी रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ६ सय मिलिग्राम सहित सोही नगरपालिका-१ जनकपुर बस्ने ३० वर्षीय महेश चन्दलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-४ शिवपुरीधामबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ बस्ने ३८ वर्षीय भरत चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट शिवपुरीधामबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-६ चम्मन चौराहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय १० मिलिग्राम सहित सोही ठाउँस्थित रोल्पाली सुकुटी सेन्टर होटल संचालन गर्दै आएकी दार्चुला महाकाली नगरपालिका-४ घर भएकी ४२ वर्षीया शान्ती ऐरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-७ कालोपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ५० मिलिग्राम र गाँजा १ ग्राम ३ सय २० मिलिग्राम सहित कैलाली गोदावरी नगरपालिका-८ स्याउले बस्ने २५ वर्षीय अम्मर नेपालीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुनसरी, धरान उपमहानगरपालिका-१५ सुवेदी टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार २ सय ३० ट्याब्लेट र स्पास्पेन ३ हजार २ सय ३० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१४ बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार बेलुकी प्रहरीले प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।