प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी श्रीमती संघलाई शैक्षिक सामग्री हस्तान्तरण

२०८१-०४-११

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघलाई KOICA Nepal ले शैक्षिक सामग्री तथा न्यानो कपडा हस्तान्तरण गरेको छ । नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना तथा KOICA Nepal को सहकार्यमा नेपाल पुलिस हेल्थ क्लब भृकुटीमण्डपमा शुक्रबार आयोजित कार्यक्रमबीच ‍शैक्षिक सामग्री तथा न्यानो कपडा हस्तान्तरण गरिएको हो । 

 कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले हस्तान्तरण गरिएका शैक्षिक सामग्री नेपाल पुलिस स्कुल सामाखुशी काठमाडौंमा अध्ययनरत अमर अशक्त प्रहरी परिवारका सन्तती तथा कमजोर आर्थिक अवस्था भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई प्रदान गरिने बताउनुभयो । साथै न्यानो कपडा नेपाल प्रहरी अस्पतालको कोल्ड वार्डमा उपचारार्थ रहनु भएका घाइते तथा बिरामीहरूलाई उपलब्ध गराउने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो । आगामी दिनमा पनि नेपाल प्रहरी श्रीमती संघ र KOICA Nepal  बीच मानव कल्याण तथा सामाजिक सेवाको क्षेत्रमा समन्वय र सहकार्य रहिरहने विश्वास उहाँले  व्यक्त गर्नुभयो । 

कार्यक्रममा KOICA Nepal का प्रतिनिधि Gibum Kim ले आगामी दिनमा पनि नेपाल प्रहरी श्रीमती संघसँग समन्वय र सहकार्य गर्दै जाने बताउनुभयो । सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी कोषाध्यक्ष कल्पना गिरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।  

कार्यक्रममा श्रीमती संघका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, KOICA Nepal का पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
श्रव्यदृश्य आधारभूत तालिम उद्‌घाटन
२०८१-०५-०६

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखामा संचालन हुने छैंटौ समूहको श्रव्यदृश्य आधारभूत तालिमको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‌घाटन गर्नुभयो ।सो अवसरमा प्रहरी नायव महानिरीक्षक कार्कीले प्रशिक्षार्थीहरूले पूर्णरूपमा समर्पित, लगनशील एवं दत्तचित्त भएर प्रशिक्षणमा सहभागी हुनुपर्नेमा जोड दिँदै प्राप्त ज्ञान, सीपबाट श्रव्यदृश्य सामग्री निर्माणमा थप व्यावसायिक बन्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो । घटना, दुर्घटना तथा अपराधको अनुसन्धान गरी घटनामा संलग्न दोषीलाई कारबाहीको दायरमा ल्याउन श्रव्य दृश्य सामग्रीको सहयोगी भूमिका रहने उहाँले चर्चा गर्नुभयो । तालिमलाई उपलब्धिमूलक बनाउन आवश्यक रहेको उल्लेख गर्दै  तालिमबाट अनन्त ज्ञान आर्जन गरी सिकेका सीपलाई कार्यक्षेत्रमा प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक सचिता थापा मगरले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  कुल ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार १ जना र प्रहरी सहायक हवल्दार ४ जना र प्रहरी जवान १४ जना गरी जम्मा २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

३९ जना प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक उन्नत तालिम प्रदान
२०८१-०४-२३

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३९ जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक (हलुका) उन्नत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित सवारी चालक उन्नत तालिम २८ औं समूह अन्तर्गत उनीहरूलाई तालिम प्रदान गरिएको हो ।   तालिम समापनका अवसरमा सोही महाशाखामा बुधबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक भोला बहादुर रावलले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । तालिमले प्रशिक्षार्थीहरूमा व्यावसायिक सीप अभिवृद्धि गरेको चर्चा गर्दै प्रहरी वरिष्ठ उपरीक्षक रावलले तालिमबाट प्राप्त सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै साउन ४ गतेबाट संचालित १६ कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार ५ जना, प्रहरी सहायक हवल्दार २० जना र प्रहरी जवान १४ जना गरी जम्मा ३९ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो । 

नेपाल प्रहरी श्रीमती संघको ४०औं वार्षिक साधारणसभा सम्पन्न
२०८१-०४-१५

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा सोही संघको ४०औं वार्षिक साधारणसभा नेपाल पुलिस हेल्थ क्लब भृकुटीमण्डपमा मंगलबार आयोजित एक कार्यक्रम बीच सम्पन्न भएको छ ।सो अवसरमा संघकी अध्यक्ष श्रीमती कुँवरले संघलाई आउँदा दिनहरूमा अझ प्रभावकारी र गुणस्तरीय बनाई उत्कृष्ट संस्थाको रूपमा विकास गर्न सबै सदस्यहरूले मन, वचन र कर्मले काम गर्नुपर्ने बताउनुभयो । सम्पूर्ण प्रहरी कर्मचारीका परिवारहरूको साझा चौतारीको रूपमा रहेको संघलाई आगामी दिनमा समयसापेक्ष, अझ सबल र सुदृढ बनाउँदै लैजानुपर्ने उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा सोही संघकी महासचिव श्रीमती अनुश्री पाख्रीनले संघबाट आर्थिक वर्ष २०८०।०८१ मा भएका कार्य प्रगति तथा वार्षिक गतिविधि विवरण तथा संघकी कोषाध्यक्ष श्रीमती कल्पना गिरीले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक आय-व्यय र आर्थिक वर्ष २०८१/०८२ को अनुमानित आय-व्ययको विवरण प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा उपस्थित संघका पदाधिकारीहरू तथा सदस्यहरू बीच संघको काम कारवाही, आगामी योजना तर्जुमा लगायत विविध विषयमा छलफल समेत भएको थियो ।  

नवनियुक्त प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-०४-०९

काठमाडौं, खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका ६७ जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भिम प्रसाद ढकालले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।२०८० कात्तिक ३ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०८१ असार ९ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ ६७ र  खुलातर्फ २९ जना गरी कुल ९६ जना प्रहरी निरीक्षकहरू उत्तीर्ण भएका छन् । जसमा ९ जना महिला रहेका   छन् । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८१ साउन ३ गतेको निर्णयले साउन ९ गतेदेखि लागू हुने गरी प्रहरी निरीक्षक पदमा नियुक्त भएका हुन् ।दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्ने क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ढकालले नवनियुक्त भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै आम नागरिकको केन्द्र विन्दुमा रहेर कर्तव्य निर्वाह गर्न निर्देशन दिनुभयो । आगामी दिनमा निष्ठावान्, इमानदार र जवाफदेही भई अझ बढी व्यावसायिकता प्रदर्शन गर्दै प्राप्त जिम्मेवारीलाई वहन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू एवम् प्रहरी अधिकृत तथा जवानहरू समेतको उपस्थिति रहेको थियो ।

नेपाल पूर्व प्रहरी कलाकार संघको विधिवत् उद्‌घाटन
२०८१-०४-०६

काठमाडौं, अवकाश प्राप्त प्रहरी महानिरीक्षक दुर्लभ कुमार थापाले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार आयोजित कार्यक्रम बिच नेपाल पूर्व प्रहरी कलाकार संघको विधिवत् उद्‍घाटन गर्नुभयो । उक्त अवसरमा कलाकार मिथिला शर्मा बोहराद्वारा स्थापित २०८१ को गोपाल योञ्जन सङ्गीत साधना पुरस्कार प्रसिद्ध संगीतकार शिला बहादुर मोक्तानलाई, चेतन कार्की गीति वाङ्‍मय पुरस्कार प्रसिद्ध गीतकार श्रीपुरूष ढकाललाई, हाडा एन्ड पाल हास्य वाङ्‍मय पुरस्कार प्रसिद्ध हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरियो ।   उक्त संघका अध्यक्ष राम बहादुर थापाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा संघकी वरिष्ठ सल्लाहकार मिथिला शर्मा बोहराले स्रष्टा सम्मान कार्यक्रमको बारेमा मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै उक्त संघका संस्थापक संरक्षक क्षेत्र बहादुर गुरूङले स्वागत मन्तव्य व्यक्त तथा कोषाध्यक्ष गीता गुरूङले संघको उद्देश्य बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, प्रहरी अधिकृतहरू, अवकाश प्राप्त प्रहरी कर्मचारीहरू, नेपाली संगीत, साहित्य तथा वाङ्‍मय विधामा उल्लेखनीय योगदान पुर्‍याउनु भएका महानुभावहरूको उपस्थिति रहेको थियो । 

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार
२०८१-०४-०६

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्नुभएको छ । साक्षात्कारको क्रममा उहाँले सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी नायव महानिरीक्षक कार्कीले गत आर्थिक वर्षको २०८० साउन १ गतेदेखि २०८१ असार मसान्तसम्मको एक वर्षको अवधिमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धीहरू सम्बन्धी प्रस्तुतीकरण गर्नुभयो । सो क्रममा उहाँले मानवस्रोत विकास तथा व्यवस्थापनतर्फ प्रहरी जनशक्ति अन्तर्गत दरबन्दी, कार्यरत संख्या र दर्जागत संख्याको साथै उपत्यका प्रहरी कार्यालय र ७ वटै प्रदेशमा कार्यरत जनशक्ति बारे जानकारी दिनुभयो । प्रहरीको इकाईगत संख्या, अन्य निकायको समन्वयमा परिचालित प्रहरी इकाईहरू, नेपाल प्रहरीको भैतिक संरचनाहरूको संख्यात्मक विवरण तथा हालको अवस्था र अस्थायी पोष्टमा कार्यरत एवम् नयाँ स्तरवृद्धिको लागि माग भएका इकाईहरू बारेमा संख्यागत विवरण प्रस्तुत गर्नुभयो । यसैगरी उक्त अवधिमा भएका नयाँ नियुक्तिको लागि सिफारिस, छनौटको क्रममा रहेका पदहरू, नयाँ नियुक्ति/ पदस्थापन, सरूवा, बढुवा, कारवाही तथा पुरस्कारको साथै स्वदेश तथा वैदेशिक प्रशिक्षण र प्रहरी कल्याण कोष बारेमा तथ्याङ्क सहितको विवरण प्रस्तुत गर्नुभयो । एक वर्षको अवधिको अपराध अनुसन्धान तथ्याङ्क प्रस्तुतीकरण गर्नुको साथै प्रदेशगत मुद्दा दर्ता, तुलनात्मक अपराध तथ्याङ्क, मुख्य अपराधहरू, फैसला कार्यान्वयन र बालबालिका खोजतलास सन्बन्धी तथ्याङ्क समेत उहाँले विश्‍लेषण गर्नुभयो । सो अवधिमा भएका गम्भीर प्रकृतिका अपराध घटनाहरूको सफल अनुसन्धान, अन्तर्राष्ट्रिय समन्वय तथा सहायता, सूचना प्रवाह र प्रहरी सेवा, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता, विपद् व्यवस्थापन, राजस्वमा योगदान, प्रहरी कार्यमा प्रविधिको प्रयोग, नेपाल प्रहरीको कार्ययोजना, २०८० लागू गरी कार्ययोजनाको लक्ष्यगत कार्य प्रगति विवरण, हासिल गरेका मुख्य उपलब्धीहरू बारेमा प्रष्ट पार्नुभयो । साथै उहाँले अपराध नियन्त्रण र अनुसन्धान, भौतिक पूर्वाधार क्षमता अभिवृद्धि र स्रोत व्यवस्थापन योजना, सूचना प्रविधि र सञ्चार, कार्य र स्वास्थ्य सेवातर्फ नेपाल प्रहरीको भावी योजना सम्बन्धी उपस्थित सञ्चारकर्मीहरूलाई विस्तृत रूपमा जानकारी दिनुभयो । प्रहरी नायव महानिरीक्षक कार्कीले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै आर्थिक अपराधको कारणले अन्य समग्र अपराधहरू वृद्धि भएको तथ्याङ्कले देखाएको बताउनुभयो । परम्परागत अपराध तथा आर्थिक अपराधको नियन्त्रण एवम् अनुसन्धान गरी कानूनी दायरामा ल्याउन नेपाल प्रहरी संवेदनशील रहेको उहाँले बताउनुभयो । लागूऔषध नियन्त्रण एवम् रोकथाममा नेपाल प्रहरीले थप सक्रिय भई कार्य गर्दै आइरहेको उल्लेख गर्दै समुदाय-प्रहरी साझेदारी मार्फत विभिन्न चेतना मुलक कार्यक्रम संचालन गरी सामाजिक अपराध न्यूनीकरण गर्न थप क्रियाशिल हुने उहाँले बताउनुभयो ।   सो अवसरमा नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्तले आत्महत्या न्यूनीकरण तथा  व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन तथा कार्ययोजना २०८१ सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । सो क्रममा उहाँले विगत ५ आर्थिक वर्षको अपराध शीर्षक अनुसारको तुलनात्मक कसुर दर्ता विवरण, आत्महत्याको घटना, घर परिवार, नाता सम्बन्ध, इष्टमित्र भित्र आत्महत्या तथा आत्महत्या प्रयासको घटनाको अवस्था, आत्महत्याको प्रयास गरेका व्यक्तिहरूलाई समुदायको व्यवहारको अवस्था, आत्महत्याका कारण सबैभन्दा बढी असर परेको समूह तथा वर्ग लगायतका विषयमा जानकारी दिनुभएको थियो । विभिन्न समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरु तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।