३९ जना प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक उन्नत तालिम प्रदान
२०८१-०४-२३
- A
- A-
- A+
काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३९ जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक (हलुका) उन्नत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित सवारी चालक उन्नत तालिम २८ औं समूह अन्तर्गत उनीहरूलाई तालिम प्रदान गरिएको हो ।
तालिम समापनका अवसरमा सोही महाशाखामा बुधबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक भोला बहादुर रावलले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । तालिमले प्रशिक्षार्थीहरूमा व्यावसायिक सीप अभिवृद्धि गरेको चर्चा गर्दै प्रहरी वरिष्ठ उपरीक्षक रावलले तालिमबाट प्राप्त सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै साउन ४ गतेबाट संचालित १६ कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार ५ जना, प्रहरी सहायक हवल्दार २० जना र प्रहरी जवान १४ जना गरी जम्मा ३९ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।