प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित दुई जना पक्राउ

२०८१-०४-२८

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-९ चोरखोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १० ग्राम १ सय ५ मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सिराहा कर्जन्हा गाउँपालिका-३ बस्ने ३६ वर्षीय लाल बाबु यादव र ४२ वर्षीय धन बहादुर श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले सिराहाबाट खोटाङ हलेसीतर्फ जाँदै गरेको प्रदेश २-०१-००२ प ९९३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८१-०४-३०

काठमाडौं, अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ११ मिलिग्राम, नगद ३९ हजार ६ सय रूपैयाँ, डिजिटल तराजु १ थान र  मोबाइल ३ थान सहित २ जनालाई काठमाडौंबाट सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१३ कालीमाटी बस्ने उदयपुर त्रियुगा नगरपालिका-११ घर भएका ४७ वर्षीय मनिराज राई र काठमाडौं महानगरपालिका-१२ टेकु बस्ने काभ्रेपलान्चोक रोशी गाउँपालिका-१० घर भएका ३२ वर्षीय बालकृष्ण राक्से रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो । यसैगरी काठमाडौं, टोखा नगरपालिका-९ शिवमन्दिरस्थित सडकबाट अवैध लागूऔषध गाँजा १ किलो १ सय ३० ग्राम सहित नुवाकोट बेलकोटगढी नगरपालिका-११ घर भएका २२ वर्षीय युवराज तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।धनुषा, जनकपुर उपमहानगरपालिका-१ स्थित रेल्वे स्टेशनको मुलगेट नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ग्राम सहित पैदलयात्री सिराहा सिरहा नगरपालिका-१३ गमहरिया बस्ने ३३ वर्षीय अभासकर यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा र लागू औषध  नियन्त्रण ब्यूरो गोलबजार सिराहाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, राप्ती नगरपालिका-१० किरानाटारबाट अवैध लागूऔषध गाँजा ४ किलो ५७ ग्राम र नगद ८ हजार रूपैयाँ सहित कालिका नगरपालिका-११ बस्ने २२ वर्षीय मनोज चेपाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । पर्सा, वीररगंज महानगरपालिका-१६ ईनर्वा शंकराचार्य गेट र मितेरी पुलको बीच सडकबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित भारत घर भएका २८ वर्षीय करण कुमार सोनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनरूवाबाट खटिएको प्रहरीले वीरगंजबाट भारततर्फ जाँदै गरेका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम, नियन्त्रित लागूऔषध नाईट्राभेट ५ ट्याब्लेट र स्पास ९ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३० वर्षीय सन्तोष चौधरीलाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । उदयपुर, बेलका नगरपालिका-१ आम्बासीबाट अवैध लागूऔषध गाँजा करिब ८ किलोग्राम सहित सोही नगरपालिका-९ बस्ने २४ वर्षीय प्रबिन राई र  सोही नगरपालिका-७ बस्ने २१ वर्षीय रोशन राईलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भगलपुरबाट खटिएको प्रहरीले प्रदेश नम्बर २-०१-००३ प ७०७० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-१ लौकहीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित उदयपुर लिम्चुङबुङ गाउँपालिका घर भएका ३० वर्षीया राजमिका राई समेत ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८१-०४-३०

कैलाली, धनगढी उपमाहानगरपालिका-४ बस्ने २८ वर्षीय रवि चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १ ग्राम ७ सय ९० मिलिग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।मोरङ, पथरीशनिश्चरे नगरपालिका-६ भातेगैडाबाट नियन्त्रित लागूऔषध ट्रमाडोल १ हजार १ सय  चक्की र डिकोलिक ६ हजार ६ सय चक्की सहित पथरीशनिश्चरे नगरपालिका-४ खुशी चोक बस्ने ३२ वर्षीय सिमन परियारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले अमरदहबाट पथरीतर्फ आउँदै गरेको को.२ ह १६१५ नम्वरको अटोलाई जाँच गर्न खोज्दा उक्त परिमाणको लागूऔषध सडकमा फाली अटो फरार भएको थियो । तत्काल खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय पथरी र अस्थाई प्रहरी पोष्ट कीर्तिपुरबाट खटिएको प्रहरीले परियारको घरमा उक्त अटो फेला पारी परियारलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

एक किलो १ सय ४ ग्राम अवैध लागूऔषध कोकिन सहित दुई जना विदेशी नागरिक पक्राउ
२०८१-०४-३०

काठमाडौं, अवैध लागूऔषध कोकिन १ किलो १ सय ४ ग्राम सहित २ जना विदेशी नागरिकलाई सोमबार प्रहरीले पक्राउ गरेको   छ । पक्राउ पर्नेहरूमा तानजानियन नागरिक ५८ वर्षीय JUMA ABDULLA MZEE र भारतीय नागरिक K ZUCHOBENI TSOPOE रहेका छन् । लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१० नयाँबानेश्वरस्थित एक होटलमा बसेका JUMA ABDULLA MZEE को कोठा तलासी गर्दा झोलाभित्र लुकाई राखेको ८० वटा क्याप्सुलमा रहेको उक्त परिमाणको कोकिनसहित उनलाई पक्राउ गरेको हो । साथै उक्त कोकिनका क्यापसुलहरू डेलिभरी दिने क्रममा भारतीय नागरिक K ZUCHOBENI TSOPOE लाई समेत प्रहरीले पक्राउ गरेको हो  । थप अनुसन्धानको क्रममा K ZUCHOBENI TSOPOE ले उक्त कोकिन भारततर्फ लैजान लागेको समेत खुल्न आएको छ । बरामद कोकिनको अवैध बजार मूल्य करिब ३ करोड ८७ लाख हुन आउने ब्यूरोले जनाएको छ ।उनीहरू उपर काठमाडौं जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८१-०४-२९

काठमाडौं महानगरपालिका-२६ पवित्रनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम सहित नागर्जुन नगरपालिका-७ घर भएका ३५ वर्षीय मणिराज गिरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-७ शिबचोकबाट नियन्त्रित लागूऔषध ट्रमाडोल २ हजार ४ सय ट्याब्लेट र नगद २९ हजार ८ सय रूपैयाँ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्‍वर नगरपालिका-७ दक्षिणढोका बस्ने मकवानपुर टिस्टुङ पालुङ घर भएका २६ वर्षीय समिर लामा र काठमाडौं महानगरपालिका-३२ जडिबुटी बस्ने नुवाकोट घर भएका २४ वर्षीय सिजन श्रेष्‍ठ रहेका छन् । प्रहरी बिट अर्यालगाँउबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ सय ५८ ट्याब्लेट सहित भारत बेतिया टाउन थाना-१० बस्ने २४ वर्षीय मोहम्मद अलबाजलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रभाग नागढुंगा र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २६६६ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चेकपोष्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ५० मिलिग्राम सहित मुगु छायाँनाथ गाउँपालिका-११ बस्ने २० वर्षीय चन्द्र बहादुर साउदलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा ७ सय ३६ किलो सहित पाख्रीबास नगरपालिका-१० बस्ने २६ वर्षीय सुजन भन्ने टंक बहादुर मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको ना.८ ख १२६८ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक टंक बहादुरलाई पक्राउ गरेको हो ।  कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ पवित्रावस्तीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५१ मिलिग्राम सहित सोही नगरपालिका-५ पवित्राबस्ती बस्ने १९ दिनेश नेपाली र १८ वर्षीय किशोर समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गुलरिया र अस्थाई प्रहरी पोष्ट गजरौलाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-१५ उर्माबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय  राम किसोर रानालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८१-०४-२७

कैलाली, गोदावरी नगरपालिका-५ गेटा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-१३ बस्ने २६ वर्षीया अनिल रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भिमदत्त नगरपालिका-११ होल्डिङ चौराहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित भिमदत्त नगरपालिका-७ बस्ने २० वर्षीय जितेन्द्र बोहरा समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीहरूले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-७ हल्दुखालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय कौसल महरा, २५ वर्षीय सौरभ सिंह र २४ वर्षीय मनोज सिंह रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर कञ्चनपुर शाखाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-२ अर्चलबोटबाट अवैध लागूऔषध गाँजा १ किलो २ सय ग्राम र पोल्याण्ड ८५ ग्राम सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने पर्वत जलजला गाउँपालिका-५ लेकफाँट घर भएका २० वर्षीय आषिस गुरूङ, सोही महानगरपालिका-२ बिन्दबासिनी बस्ने २२ वर्षीय ओम पुन र सोही महानगरपालिका-१८ बस्ने २५ वर्षीय रोशन थापा मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८१-०४-२६

सुनसरी, धरान उपमहानगरपालिका-५ सेउती पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय बसन तामाङ र धरान उपमहानगरपालिका-१५ बस्ने २६ वर्षीय रूपेश तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, दुहवी नगरपालिका-५ फुटबल चोकबाट अवैध लागूऔषध गाँजा करिब ३९ किलो १ सय ग्राम सहित धनकुटा साँगुरीगढी गाउँपालिका-९ बस्ने २३ वर्षीय राम बहादुर राईलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले इटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको बा.५७ प १२२४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा बोरा र झोलामा राखिएको ३६ वटा पोकामा रहेको उक्त गाँजा फेला पारी चालक राईलाई पक्राउ गरेको हो ।दाङ, घोराही उपमहानगरपालिका-१० नारायणपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ४० मिलिग्राम, नगद ४ हजार ८ सय ३० रूपैयाँ र मोबाइल १ थान सहित सोही उपमहानगरपालिका-१० सर्वेश्वरी टोल बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नारायणपुर र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको संयुक्त टोलीले ती किशोरलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सर्लाही, लालबन्दी नगरपालिका-१३ बाहुन्नेबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित सोही नगरपालिका-१४ बस्ने २५ वर्षीया रूप बहादुर थिङ समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । मोरङ, पथरी शनिश्चरे नगरपालिका-१ बजार लाईनस्थित निर्माणाधिन घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय सुजन गुरूङ समेत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, पथरी शनिश्चरे नगरपालिका-३ आदर्श टोल बस्ने ३८ वर्षीय निगु दोर्जे तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१७ पिपरहियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ ग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी प्रतापपुर गाउँपालिका-५ बसहिया बस्ने ४० वर्षीय अनिल कुमार कुर्मी र ५४ वर्षीय फेकु पासी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा रूपन्देही र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको संयुक्त टोलीले युपि ५७ एच ८६६१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, जगरनाथपुर गाउँपालिका-४ सोपुरबाट अवैध लागूऔषध गाँजा १७ किलोग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  सोही गाउँपालिका-२ दसौता टोल बस्ने ६० वर्षीय लक्ष्मण राउत र भारत बिहार राज्य घर भएका २० वर्षीय नयाज आलम रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले लक्ष्मणको साथबाट ९ किलो र नयाजको साथबाट ८ किलो गाँजा फेला पारी पक्राउ गरेको हो । साथै सोही स्थानमा प्रहरीलाई देखि १ जना पुरूषले ५ किलोग्राम गाँजा फाली फरार भएका थिए । प्रहरीले उक्त गाँजा बरामद गरी हाल फरार व्यक्तिको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।